बिहेमा बेहुलाले राखे यस्तो माग : उढयो सबैको होस हवास !

एजेन्सी । बिहे भन्ने कुरा जिन्दगीको सबैभन्दा महत्वपूर्ण क्षण भएरै होला बिहेका विषयमा विभिन्न रितिरिवाज चर्चामा आउँछन् अनि यो महत्वपूर्ण क्षणलाई यादगर बनाउनका लागि मानिसहरुले कुनै कसर बाँकी राख्दैनन् । हाम्रो देश तथा छिमेकी भारतमा समेत बिहेमा दाइजो प्रथा कायम छ । यस्ता बाबुआमाहरु पनि छन् जसले दाइजोका लागि आफ्नो छोराको मोलमोलाई गर्छन् ।

अनी यस्ता बाउआमाहरु पनि छन् जसले दाइजो दिने औकात नभएकै कारण छोरी पाउने हिम्मत गर्न सक्दैनन् । भारतीय समाजमा कलंकको रुपमा रहेको दाइजो प्रथाको बीचमा छत्तिसगढका एक बेहुलाले दाइजोमा यस्ता चिज मागे की बेहुली पक्षको आँखा खोलिदियो ।
प्रशान्त महतो नामका ती युवकले आफ्नो बिहेको कार्डमा निकै फरक तरिकाको माग राखेका थिए । उनले नगद, गाडी, घर आदि दाइजो मागेका थिएननु, उनले पूराना किताबहरु मागेका थिए । बिहेमा दाइजो तथा उपहारको रुपमा जम्मा हुने पूराना किताबहरु त्यस्ता गरीब विद्यार्थीहरुल्ाई बाँड्ने उनको योजना छ, जोसँग किताब किन्ने पैसा पनि हुँदैन ।

प्रशान्त एक संस्था चलाउँछन्, जसले गरीब विद्यार्थीहरुको शिक्षामा सहयोग गर्दै आएको छ । अहिलेसम्म उक्त संस्थाले ५० हजार भन्दा धेरै पुस्तक जम्मा गरेर विद्यार्थीहरुसम्म पूराइसकेको छ । प्रशान्तको टीममा ५ सय जना सहयोगी युवायुवती छन् । उनीहरुले छत्तिसगढका ८ सय ५० भन्दा धेरै स्कुले विद्यार्थीलाई सहयोग गरिसकेका छन् ।

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.