साउथ ईण्डियन शैलीमा आयो ‘रुद्र’को ट्रेलर

रामजी लामिछानेको निर्देशनमा बनेको सिनेमा ‘रुद्र’को आधिकारिक ट्रेलर सार्वजनिक भएको छ । साउन १३ देखि प्रदर्शनमा आउन लागेको यो सिनेमामा निखिल उप्रेती पहिलो पटक खलनायकको भूमिकामा देखा परेका छन् । सिनेमाको ट्रेलर हेर्दा धेरैलाई साउथ ईण्डियन सिनेमाको झल्को आएको छ । सिनेमामा समावेश एक्शन सिनहरु दक्षिण भारतीय सिनेमाहरुसँग मेल खाएको प्रतिक्रिया धेरैले दिन भ्याएका छन् ।

‘रुद्र’मार्फत दुई नयाँ कलाकार सारा र विश्व शर्माले सिने नगरीमा प्रवेश गर्दैछन् । सिनेमामा अभिनेत्री सारा र विश्व शर्मा एकअर्काको अपोजिटमा छन् । उनीहरुको प्रेमको विरोधमा अभिनेता निखिल उप्रेती देखा परेका छन् । यो सिनेमामा वितरक गोपाल कायस्थको अभिनय पनि दर्शकले देख्न पाउनेछन् । ट्रेलरमा पनि उनको एक झलक देखाईएको छ । ‘रुद्र’लाई कल्पना कुमारी कटुवाल, भक्त प्रसाद शर्माले निर्माण गरेका हुन् ।

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.