हाँस्यकलाकारको पढाई : कोही चार पटक फेल, कोहीले ल्याए विशिष्ट श्रेणी

काठमाडौं, जेठ २ – हाँस्यकलाकार जितु नेपाल उर्फ मुन्दे्र असार १ देखि ४३ वर्ष लागेका छन् । सिरियल, सिनेमा र स्टेजमा आफ्नो कमेडी प्रस्तुतिबाट दर्शक हँसाउदै आएका जितुले हाँस्यव्यङग्यको क्षेत्रमा २५ वर्ष बिताईसकेका छन् । यो २५ वर्षको अवधिमा उनले आफूलाई समसामयिक विषयवस्तुमा राम्रो दखल राख्ने र कडा व्यङग्य प्रहार गर्न सक्ने गर्ने व्यक्तिको रुपमा स्थापित गराईसकेका छन् ।

राम्रो सेन्स अफ ह्युमर भएका जितु पढाईमा भने ठिकठाकै रहे । उनले २०४८ सालमा एसएलसी दिएका हुन् । एसएलसी लगत्तै २०४९ साल देखि अभिनयमा लागेका उनले त्यसपछि जम्मा आइए सम्मको अध्ययन गरे । २०४९ सालमा तत्कालिन टेलिसिरियल ‘आज भोलिका कुरा’बाट उनले कलाकारितामा प्रवेश गरेका हुन् । यस क्षेत्रमा लागेपछि कलाकारिताको भूतले गर्दा अध्ययनलाई अघि बढाउन नसकेको उनी बताउँछन् । सिन्धुपाल्चोकको जालपा माध्यामिक बिद्यालयबाट दोस्रो श्रेणीमा एसएलसी पास गरेका उनले आईए अध्ययन एक प्राईभेट कलेजबाट गरे । जितु नेपालको पढाईको यसै सन्दर्भमा आज हामी तपाईँलाई अन्य केही हाँस्य कलाकारहरुको शैक्षिक योग्यताबारे पनि जानकारी दिँदै छौँ ।
दीपकराज गिरी

कलाकार दीपक राज गिरी पछिल्लो समय कुशल अभिनेता र निर्देशक मात्रै नभएर राम्रो स्क्रिप्ट राइटरको रुपमा पनि चिनिएका छन् । कलाकारमा हुनुपर्ने सबै गुण र क्षमता भएका दीपक पढाईमा पनि अब्बल नै छन् । उनले विक्रम सम्वत २०४० सालदेखि २०४३ सालसम्म लगातार एसएलसी दिए ।

उनी एसएलसिमा तीन पटक फेल भए तर हार मानेनन् । चौथो पटकमा उनले एसएलसी दोस्रो श्रेणीमा पास गरे । त्यसपछिको प्लस टु र स्नातक तहको अध्ययन उनले नेपाली र राजनीतिक शास्त्र लिएर गरे जसमा पनि उनी दोस्रो श्रेणी मै पास भए ।

उनले स्नातकोत्तर पढ्न पनि सक्दो प्रयास गरे । तर कलाकारितामा व्यस्त भएका कारण उनले स्नातकोत्तरको पढाई बीचमै छाड्नु पर्यो । व्यस्तताका कारण पढाई पूरा गर्न नसकेकोमा कहिले काही दीपकको मन चसक्क हुने गरेको छ ।
दिपाश्री निरौला

अभिनेत्री हुँदै निर्माता र निर्देशक बनेकी दिपाश्री निरौलाले लामो संघर्षपछि टेलिसिरियल ‘तितो सत्य’ बाट चर्चा र सफलता पाईन् । ‘तितो सत्य’ सँगसँगै उनले केहि सिनेमाहरुमा पनि काम गरिन् । कलाकारितामा सफल दीपा पढाईमा पनि ठिकठाकै छिन् । उनले महेन्द्र मोरङ क्याम्पसबाट आइए सम्मको अध्ययन गरिन् । पहिलो श्रेणीमा एसएलसी पास गरेकी दीपा अभिनय र नृत्य नशा–नशामा दौडिएका कारण पढाईलाई आइए भन्दा अघि लान नसकेको बताउँछिन् । खासमा दीपा सुरुवातमा सिनेमाकी अभिनेत्री बन्ने सोचमा थिईन् । तर उनी एक हाँस्यकलाकार र निर्देशकको रुपमा स्थापित भएकी छिन् ।
किरण केसी

टेस्ट परीक्षा सम्म लगातार उर्तिण भएर अचानक एसएलसीमा फेल भएका कलाकार हुन् किरण केसी । उनी एसएलसीमा चार पटक फेल भए ! भन्दा तपाईँलाई पत्यार नलाग्ला तर उनी साँच्चि नै चार पटक फेल भएका थिए । उनी आफूलाई पढ्नै मन नलाग्ने, किताब हेर्यो की टाउको दुख्ने अनि पढ्नै नआउने भएका कारण फेल भएको र नपढेको बताउँछन् । तर कहिलेकाहीँ पढ्नु पर्ने रहेछ ! भनेर पहिले नपढेकोमा पछुतो लाग्ने गरेको पनि उनको भनाई छ । तर उनलाई शैक्षिक योग्यता कम भएका कारण समस्या भने भोग्नु परेको छैन । शैक्षिक योग्यता कम भएपनि व्यवहारिक ज्ञानले नै जीवनलाई व्यवस्थित र सुखी बनाउन सकिने किरणको बुझाई र अनुभव छ ।
शिव हरि पौड्याल

शिव हरि पौड्यालले २०३९ सालमा एसएलसी पास गरेका हुन् । हेटौंडाबाट एसएलसी दिएका उनले दोस्रो श्रेणीमा पास गरे । त्यसपछि उच्च शिक्षा अध्ययनका लागि उनी पाटन सयुंत्तm क्याम्पसमा भर्ना भए । अर्थशास्त्र विषय लिएर उनले प्रमाणपत्र तह र स्नातक सकाए । उनले स्नातक पनि दोस्रो श्रेणी मै पास गरेका हुन् । स्नातक सकाएपछि उनले स्नातकोत्तर अध्ययनको बारेमा पनि नसोचेका हैनन् । तर कलाकारितामा व्यस्त भएका कारण उनले अध्ययनलाई अघि बढाउन सकेनन् । तर उनले स्नातकोत्तर अध्ययनको लागि जनप्रशासन क्याम्पसमा भर्ना भने गरेका थिए । शिवहरी राष्ट्रिय वाणिज्य बैंकबाट अवकास प्राप्त कर्मचारी हुन् ।
सीताराम कट्टेल

सीताराम कट्टेल उर्फ धुर्मसले पनि स्नातकसम्मको अध्ययन गरेका छन् । झापामा जन्मे हुर्केका उनले झापाबाटै पहिलो श्रेणीमा एसएलसी पास गरे । एसएलसीमा उनले ६९ प्रतिशत अकं ल्याएका थिए । पछि उच्च शिक्षा अध्ययनको लागि कामाण्डौ छिरेका सीतारामले रत्नराज्यलक्ष्मी क्याम्पसमा पत्रकारिता र अंग्रेजी विषय पढ्न थाले । प्रमाणपत्र तह उनले दोस्रो श्रेणीमा पास गरे । सानै देखि पढाईमा अब्बल उनले स्नातक तहमा पुगेपछि भने पढाईलाई पूर्णबिराम लगाए । किनकी स्नातक तह तेस्रो वर्षमा पुग्दासम्म उनी हाँस्यकलाकारको रुपमा निकै व्यस्त भईसकेका थिए । यहि कारण उनी स्नातक तह तेस्रो वर्षमा पुगेपछि पढाईलाई पूर्णबिराम लगाउन बाध्य भए । स्नातकमा उनले राजनीति शास्त्र पढेका थिए ।
कुञ्जना घिमीरे

सीतारामको जस्तै कुञ्जनाको अध्ययन पनि स्नातक तेस्रो बर्षमा पुगेपछि सकियो । ललितपुरबाट प्रथम श्रेणीमा एसएलसी उत्तिर्ण गरेकी कुन्जनाले पिके क्याम्पसबाट प्रमाणपत्र तह उत्तिर्ण गरिन् ।समाजशास्त्र , अंग्रेजी र नृत्य विषय लिएर अध्ययन गरेकी कुञ्जनाले स्नातक तहमा पुगेपछि भने समय दिन नसकेका कारण नृत्य विषय छाडिन् । स्नातकमा उनले समाजशास्त्र र अंग्रेजीलाई मात्र फोकस गरिन् । तर उनले त्यसलाई पनि राम्रोसँग समय दिन सकिनन् ।
राजा राजेन्द्र पोख्रेल

युवा हाँस्य व्यङग्यकार राजा राजेन्द्र पोख्रेल टेलिभिजन भन्दा पनि स्टेजमा जमेका कलाकारको सूचिमा पर्छन् । कमेडीमा अब्बल उनी पनि स्नातकोत्तर गर्ने कलाकार हुन् । झापाको भृकुटी माध्यामिक विद्यालयबाट २०५८ सालमा ७३ प्रतिशत अंकसहित पहिलो श्रेणीमा उनले एसएलसी पास गरेका हुन् ।त्यसपछी उच्च शिक्षा अध्ययनका लागि काठमाण्डौ छिरेका उनले रत्न राज्यलक्ष्मी क्याम्पसबाट आफ्नो अध्ययन पूरा गरे । प्लस टुमा राजनीतिक शास्त्र, पत्रकारिता र अंग्रेजी विषय अध्ययन गरे तर स्नातक तहमा पुगेपछि भने पत्रकारिता छाडेर राजनीति शास्त्र र अंग्रेजी मात्रै अध्ययन गर्न थाले । उनले प्लस टु र स्नातक दोस्रो श्रेणीमा पास गरे । त्यस्तै अंग्रेजीमा स्नातकोत्तर गरेका उनले स्नातकोत्तरमा पनि दोस्रो श्रेणी नै ल्याए । हाल उनी पूर्ण रुपमा कलाकारितामा सक्रिय छन् ।
संदीप क्षेत्री

हाँस्य कलाकार संदीप क्षेत्री पनि अभिनयमा मात्रै नभयर अध्ययनमा पनि अब्बल छन् । संदिपले वाणिज्य संकायमा स्नातकोत्तर गरेका छन् । २०५५ सालको एसएलसी मा ७० प्रतिशत अंक ल्याएर पहिलो श्रेणीमा उत्तिर्ण भएका उनले प्लस टु र स्नातक मात्रै हैन स्नातकोत्तरसम्मको अध्ययन वाणिज्य संकायमै गरे । उनले कलाकारिताका साथै अध्यापनको पेशालाई संगै अगाडि बढाएका छन् ।
कुमार कट्टेल

युवा पुस्ताका प्रिय कलाकार कुमार कट्टेल उर्फ जिग्री अभिनयसँगै अध्ययनमा पनि अब्बल छन् । सम्भवत एसएलसीमा विशिष्ट श्रेणी ल्याउने उनी एक मात्र हाँस्यकलाकार होलान् । २०६० सालमा झापाको गौरदहबाट एसएलसी दिएका उनको ८५ प्रतिशत अंक आएको थियो । एसएलसी पछि उनी उच्च शिक्षा अध्ययनका लागि काठमाण्डौ आए र नयाँ बानेश्वरको कोलम्बस कलेजबाट साईन्समा प्लस टु गरे । प्लस टु मा उनले ६१ प्रतीशत अंक ल्याए । पछि उनले स्नातक तहमा विषय परिवर्तन गरेर मानविकी संकाय अध्ययन गर्न थाले । स्नातक अध्ययन गर्दासम्म उनमा कलाकारिताको भुत चढिसकेको थियो । यहि कारण उनले स्नातकमा सोचेजस्तो अंक ल्याउन सकेनन् । चावहिलको न्युटन कलेजबाट उनले स्नातक गरेका हुन् । यो बाहेक उनले लण्डनमा एक बर्षे स्क्रिप्ट लेखन र निर्देशनको कोर्स पनि गरेका छन् ।
उज्यालो र forseenetwork.com को सहकार्य

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.