जन्मदिन अघि नै जितुले काटे केक

हाँस्यकलाकार जितु नेपाल मुन्द्रेको असार १ गते जन्मदिन परेको छ । उनी २०७४ साल असार १ देखि ४३ वर्ष लागेका छन् । झण्डै २५ बर्ष अघि (२०४९) सालमा तत्कालिन सुपरहिट टेलिभिजन कार्यक्रम ‘आज भोलिका कुरा’बाट जितुले अभिनय यात्रा शुरु गरेका हुन् । त्यसपछि बिमान चालक, ट्वाक्क टुक्क जस्ता चर्चित टेलिभिजन श्रृंखलामा पनि उनी संलग्न भए । त्यसबखत नै उनी दर्जनौ सिनेमाका लागि हाँस्य कलाकारको रुपमा पनि छानिए ।

सिनेमा र टेलिसिरियलसँगै उनी स्टेज कार्यक्रममा स्ट्यान्डप कमेडीमा पनि व्यस्त हुन थाले । केहि समय दमन रुपाखेतिसँग जोडी भएर काम गरेका जितु नेपालले नेपाल टेलिभिजनको ‘गीतान्जली’ कार्यक्रममा काम गर्ने मौका पाएपछि सफलताको गतिले तिब्रता पायो । काम र दाममा त्यो समय देखि आजसम्म उनले पछाडि फर्केर हेर्नु परेको छैन ।

जितुले ‘गीतान्जली’ लगत्तै टेलिभिजनमा ‘जिरे खुर्सानी’ शुरु गरे । जिरे खुर्सानीमा मुन्द्रेको भूमिका उनले आफ्नो लागि बनाए । उनको मुन्द्रे रुप नेपाली दर्शकले मन पराए । यो सिरियलपछि जितु नेपालको परिचयबाट उनको परिचय मुन्द्रे बन्न पुग्यो । मुन्द्रेको रुपमा टेलिभिजनमा देखिन थालेपछि जितु घरमा भन्दा परदेशमा बढी हुन थाले । जिल्ला जिल्लामा आयोजना हुने महोत्सवले उनलाई भ्याई नभ्याई हुन थाल्यो । अहिले उनी नपुगेको जिल्ला नै छैन भन्दा पनि हुन्छ । सपनामा देखेका र कल्पना गरेका सबै देशहरुमा पनि उनी पुगिसकेका छन् ।

जितु यतिबेला सिनेमा ‘छक्का पञ्जा २’ को छायाकंन सकेर बसेका छन् । ‘छक्का पञ्जा २’ छायाकंनको अन्तिम दिन अथार्त जेठ ३१ गते नै अनुपम फुड ल्याण्ड बत्तिसपुतलीमा जितलुे जन्मदिनको केक काटेका छन् । जेठ ३१ म ‘छक्का पञ्जा २’ टिमले उनको लागि जन्मदिन विशेष कार्यक्रम राखेको थियो ।

source: forseenetwork

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.