सरकारले प्रदेश नम्बर २ को चुनाव असोजमा गर्ने तयारी गरे लगत्तै निर्वाचन आयोगकले दियो यस्तो चेतावनी

काठमाडौं । सरकारले प्रदेश नम्बर २ को चुनाव तेस्रो चरणमा गराउने निर्णय गरेपनि निर्वाचन आयोगले मानेको छैन । आयोगले चुनाव सारे पोलिटिकल इलेक्ट्रोरल डिजास्टर’ हुने चेतावनी दिइरहेका बेला आयोगको असहमतिका बीच सरकारले प्रदेश नम्बर २ मा असोज २ गते तेस्रो चरणमा निर्वाचन गर्ने जनाएको छ ।

बाँकी तीन वटा प्रदेश १, ५ र ७ मा भने पूर्व घोषित मिति असार १४ मै चुनाव हुने बताइएको छ । यद्यपी सरकारले चुनावको मिति सार्दा समेत आन्दोलनमा उत्रिएको राष्ट्रिय जनता पार्टीले चुनावमा आउने सुनिश्चित गरेको छैन ।

केहीबेर अघि सिंहदरबारमा बसेको सत्तारुढ कांग्रेस, माओवादी र राष्ट्रिय जनता पार्टीका शीर्ष नेताहरुको बैठकमा प्रदेश नम्बर २ को चुनाव सार्ने सहमति भएको हो । आज नै प्रधानमन्त्री शेरबहादुर देउवा सहित शीर्ष दलका नेताहरुले निर्वाचन सार्ने विषयमा निर्वाचन आयोगका पदाधिकारीहरुसँग परामर्श गरेका थिए ।

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.