बैंकमा आएको नक्कली नोट पच्छ्याउँदा प्रहरी सरप्राइज

बुटवल। यहाँ रहेको प्रभु बैंकको शाखामा हजारका ७० वटा नक्कली नोट फेला पर्यो। प्रहरीले ती नोट आएको रूट पच्छ्याउँदै अनुसन्धान गर्दा ‘असाहयका लागि सहयोगी हातहरू’ भन्ने संस्थासम्म शंकाको तार जोडिन पुग्यो। नभन्दै सामाजिक संस्था चलाउने आडमा नक्कली नोट छाप्ने धन्दाको पर्दाफास भयो। सामाजिक संस्था चलाउने आडमा नक्कली नोटको धन्दा भैरहेको थाहा पाएपछि प्रहरी नै सरप्राइजमा पर्यो।

गत मंगलबार रुपन्देही, कँचनपुर गाउँपालिका वडा नं.-६ घर भई बुटवल उपमहानगर-११ बुद्दनगर बस्ने सन्तोष मल्ल प्रहरीको नियन्त्रणमा परे। उनले नवदिपपथ अर्फन हेल्पिङ हेन्ड नामको कार्यालय सञ्चालन गर्दै आएका थिए। त्यो कार्यालय र उनको डेरामा प्रहरीले खानतलासी लिने क्रममा नक्कलि नोट तयार गर्ने फ्रि ईन्क प्रिन्टर मेसिन, ल्यापट र नक्कली नोट लगायतका सामानहरु वरामद गरेको छ।

प्रमाणसहित अभियुक्त मल्ललाई अदालतबाट खोटा चलन मुद्दामा म्यादथप लिई हिरासतमा राखेर अनुसन्धान भैरहेको प्रहरीले प्रेस नोटमा जनाएको छ।

प्रहरी प्रेस नोटमा लेखिएका विवरणहरू
पक्राउमा परेका व्यक्तिः जिल्ला रुपन्देही, कँचनपुर गाउँपालिका वडा नं.-६ घर भई हाल ऐ. बुटवल उ.म.न.पा. वडा नं.-११ बुद्दनगरमा बसी ऐ. नवदिपपथमा अर्फन हेल्पीङ हेन्ड (असहायका लागि सहयोगी हातहरु) नामक संस्था सँञ्चालन गरी बस्ने वर्ष-२१ को सन्तोष मल्ल ।

सन्तोष मल्लको घरबाट वरामद नेपाली १,०००।- दरको नोट थान-१०० -नेपाली ५००।– दरको नोट थान-१००

निजले सञचालन गरेको अफिसबाट वरामद -नेपाली रु १,०००।- दरको नोट थान २५९ -नेपाली रु १०० दरको नोट थान ५ -फ्रि ईन्क प्रिन्ट मेसिन थान १ -ल्यापट थान १ -अर्फन हेल्पिङ हेन्ड नामको व्यानर -अर्फन हेल्पिङ हेन्ड नामको रसिद १० ठेली -अर्फन हेल्पिङ हेन्ड नामको रवर छाप थान १ -पैसा छापन प्रयोगमा ल्याईएको कागजहरु (सजाय–मुलुली ऐन २०२० को खोटाचलनको महलको ४ नं. बमोजिम विगो बमोजिम जरिवाना तथा १० वर्ष कैदको व्यवस्था रहेको) dcnepal.com

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.