भरतपुरमहानगरमा देबीप्रसाद ज्ञवाली नै मेयर !

सबैको चासो यतिखेर भरतपुरमा नै छ । सरकार गठन र को बन्ला अब मन्त्री भन्दा पनि भरतपुरमा अब के होला भन्ने नै धेरैको चासो पाइन्छ ।

भरतपुर महानगरमा यति बिघ्न चासो जानुको पछाडि नेपाली काँग्रेस र माओबादी गठबन्धनबाट निवर्तमान प्रधानमन्त्रि पुष्पकमल दाहाल प्रचण्डकी पूत्री रेणु दाहाल र एमालेका स्थानीय लोकप्रीय नेता देबीप्रसाद ज्ञवाली उम्मेदवार रहेकाछन् ।

मेयरकी उम्मेदवार दाहाल प्रचण्डपूत्रीमात्र नभएर माओबादी केन्द्रकी एक नेतृ पनि हुन् जो संबिधानसभा निर्वाचनमा साँसद समेत उठेकी थिइन् । तर उनलाइ भरतपुरमा प्रचण्डपूत्रिको रुपमा हेरियो ।

जब काँग्रेस र माओबादीको गढ मानिएको ठाँउमा पनि रेणु पछाडि परिन भरतपुरमा महाभुकम्प गयो । बिशेष गरेर माओबादी केन्द्रका कार्यकर्ताहरुले नसोचेको घट्ना हुन पुग्यो ।

एमाले उम्मेदवार देबीप्रसाद ज्ञवालीको जित निश्चित देखिन थाल्यो । दाहाल पछि पर्ने निश्चित जस्तै बन्यो । श्रोतहरुको अनुसार प्रमुख निर्वाचन अधिकृतसंगै सल्लाह गरेर डिजाइनका साथ मत्रपत्र च्यात्ने काम भयो र बिबाद सिर्जना भयो ।

तत्काल पुन निर्वाचन घोषणा गर्दा आयोगमाथि जनता खनिने भएपछि ढिला गरेर १९ वडामा पुन निर्वाचन गर्ने निर्वाचन आयोगले घोषणा गर्यो । जसलाइ केहि समयका लागि सर्वोच्च अदालतले रोकेको छ ।

अहिले नेकपा एमालेका नेता देखि लिएर भरतपुरका नागरिकले देबीप्रसाद ज्ञवाली मेयर भइसकेको बताउन थालेकाछन् ।ज्ञवालीले मेयरको घोषणा गर्न माग गरिरहेकाछन् ।

एमाले अध्यक्ष केपी शर्मा ओली मंगलवार संसदमा शंबोधन गर्दै ज्ञवालीलाइ मेयरको घोषणा गर्नु पर्ने नै बताए । हारेपछि मतपत्र च्यात्नु हार स्विकार गर्नु भएकाले ज्ञवाली नै भरतपुर महानगरको मेयर भएको उनको भनाइ रहेको छ ।

स्रोत्-EverydayKhabar.com बाट

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.