कतारलाई मिल्यो राहत साउदीले गर्‍यो यस्तो निर्णय

जेष्ठ २५, २०७४- साउदी अरबमा रोकिएका नेपालीसहित आप्रवासी लरी चालकलाई कतारमा फर्किन अनुमति दिइएको छ ।कुवेत, बहराइन, युएई र साउदीमा सामान पुर्‍याएर साउदी अरब र कतारको वोर्डरमा आइपुगेर रोकिएका रित्तो गाडीलाई कतार छिर्न अनुमति दिएको नेपाली चालकले भने ।

‘लामो समय साउदीपट्टिको वोर्डरमा रोकिन पुगे । साउदी प्रहरीले राति १२ बजे कतार छिर्न दियो,’ पोखरा, लेखनाथका प्रदीप सुनारले भने,‘अहिले कम्पनीको क्याम्पमा आएर बसिरहेको छु ।’ उनका अनुसार कतारपट्टिको सिमामा रोकिएको गाडीलाई भने साउदीले प्रवेश अनुमति दिएको छैन । ‘हाम्रा धेरै नेपालीसहित साथीभाइ साउदीको विभिन्न स्थानमा सामान पुर्‍याएर फर्किएका थियौ,’ उनले भने, ‘सीमा छेउमा सयौं गाडीहरु लस्कर देखिन्थ्यो ।’

सुनार साउदी अरवले कतारसँग कूटनीतिक सम्बन्ध विच्छेद गर्ने दिन सबेरै आइसक्रिम लिएर साउदीको रियाद पुगेका थिए । ‘रियाद प्रवेश भइसकेपछि सीमा बन्द गरेको समाचार पाए । अब के गर्ने भनेर चिन्तित हुँदै वोर्डरमा आएर बसे । प्रहरीले खाली गाडीलाई जान दिने भन्दै बोलाएपछि निकै खुसी भएँ,’ उनले भने ।

कतारमा उत्पादन भएको आइसक्रिमलाई रियादमा लिएर उनी गएका थिए । ‘खाडीमा गाडी चलाउन थालेको २३ वर्ष पुग्यो । नेपाल फर्किन्छु भन्दा भन्दा यतिका वर्ष कसरी बित्यो पत्तै भएन,’ उनले भने, ‘यति लामो समय गाडी चलाउँदा यस्तो अवस्था मैले कहिल्यै देखेको, भोगेको थिइनँ ।’

सुनारले लरी डाइभरहरू यो अवस्थाबाट सबैभन्दा बढी प्रभावित बनेको बताए । ‘यहाँ कतिपय नेपालीलगायत विदेशी नागरिक चालक मात्रै छैनन् । उनीहरू आफूले लरी गाडी नै किनेर चलाइरहेका छन्,’ उनले भने,‘यो बन्द भएपछि उनीहरू एकदमै प्रभावित बनेका छन् । उनीहरू ऋणको किस्ता कसरी तिर्ने भन्नेमा चिन्तित भएर बसेका छन् ।’

साउदी, संयुक्त अरब इमिरेट्स (यूएई), बहराइनलगायत देशबाट कटनीतिक सम्बन्ध विच्छेद गरेपछि सडक, हवाई र जलस्थल पनि बन्द छ ।

-ईकान्तिपुरबाट

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.