कतारमा नेपाली

खाडी मुलुकहरूमा अहिले अचानक उत्पन्न तनावका कारण कतार एक्लिएको छ । त्यहाँका छ मुलुकहरूले सम्बन्ध बिच्छेद र आर्थिक नाकाबन्दीपछि त्यहाँको अर्थतन्त्र, व्यापार र सुरक्षामा प्रतिकूल परिस्थिति उत्पन्न हुने संकेतहरू देखा परेका छन् । खाडी क्षेत्रमा बढी समृद्ध र आफ्नो आर्थिक सम्पन्नताका कारण बाह्य जगत्मा उपस्थिति बनाउन सफल कतारका लागि यो शुभ संकेत हैन । जुन आरोप अर्थात आतंकवादी शक्तिलाई प्रोत्साहित गरेको आरोप लागेको छ, त्यसबाट आगामी वर्षहरूमा कतारले विश्व समुदायलाई आश्वस्त गर्न नसके ऊ एक्लिने र अन्य कडा कारबाही खेप्नुपर्ने सम्भावना त्यत्तिकै बढ्दोछ । रोजगारी र केही आम्दानीको सुनिश्चितताका लागि कतार नेपालीहरूको आकर्षणको केन्द्र बन्दै आएको छ, विगत दुई दसकयता । अहिले त्यहाँ करिब ५ लाख जति नेपाली कामदार रहेको अनुमान छ ।

कतारले अहिले भोगेको प्रतिकूल परिस्थितिका कारण आउने दिनमा रोजगारीका हिसाबले आम कामदारहरूले नयाँ समस्या भोग्नुपर्ने छ । आगामी ओलम्पिक (२०२२ सन्) को प्रस्तावित आयोजकका रूपमा अति उत्साहसँगै रोजगारीका अतिरिक्त अवसर जुराएको थियो । विगत दुई वर्षमा बढी नेपालीहरूले कतारलाई आफ्नो कर्मथलो बनाउनुको कारण पनि त्यही थियो ।

नेपाल सरकारले अहिलेसम्म कतारमा नेपालीहरूले केही समस्या नझेलेको दाबी गरे पनि सरकारले परिस्थितिको नियमित आकलन गर्नुका साथै परिआएमा आपत्कालीन उद्धार अभियानका लागि तयार हुनु आवश्यक छ ।
कतार एयरलाइन्सको उडान अहिले यथावत छ नेपालमा, तर नाकाबन्दीको सामना गरिरहेको मुलुकले कहिलेसम्म त्यसलाई नियमितता दिन सक्छ, ढुक्क हुने अवस्था छैन । पक्कै पनि कतारको वर्तमान भोगाइका अन्तर्राष्ट्रिय आयाम छन् र त्यसले विश्वको वा अन्य ठूला शक्तिलार्ई ध्रुवीकृत गर्ने सम्भावना छ ।

परिस्थितिले मुलुकभित्र र बाहिर कता कोल्टे फेर्ला त्यो एउटा पाटो हो, तर कतारमा अहिले रहेका नेपालीको जिउधनको सुरक्षा सबै नेपालीको चासो बन्न पुगेको छ, जसलाई आधिकारिक र निर्णायक रूपमा नेपाल सरकारले प्रतिनिधित्व गर्नु र उचित कदम उठाउनु आवश्यक छ । त्यहाँको परिस्थितिले कुन रूप लेला भन्न सकिने अवस्था नरहेकाले सुरक्षापूर्ण फिर्ति प्रक्रिया सुरु गर्न ढिलाइ भएमा त्यसले अनपेक्षित दुष्परिणाम ल्याउन सक्नेछ र त्यसको ठूलो दोष सरकारले लिनुपर्ने छ । annapurnapost

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.