साउदी अरेबियामा नयाँ नियमः दिउँसो १२ देखि ३ बजेसम्म घाममा काम गर्न नपाइने

जेठ २७ – साउदी अरेबियाले दिउँसोको समयमा खुला आकाशमुनि काम गर्न नपाउने नियम लागु गरेको छ । दिउँसोको समयमा घाम निकै चर्को लाग्ने र त्यसले कामदारको स्वास्थ्यमा गम्भीर असर पर्ने भन्दै साउदी सरकारले दिउँसो १२ बजेदेखि ३ बजेसम्म खुला आकाशमुनि काम गर्न नपाउने नियम लागु गरेको हो ।
यो नियम यहि जुन १५ अर्थात आउँदो असार १ गतेदेखि लागु हुनेछ । साउदीको श्रम तथा सामाजिक विकास मन्त्रालयका अनुसार कामदारको सुरक्षालाई ध्यानमा राखि काम गर्ने स्थानमा हुने दुर्घनालाई न्युनिकरण गर्नका लागि यस्तो नियम ल्याइएको हो ।

यो नियमले निजी क्षेत्रमा काम गर्ने कामदारको सुरक्षाको प्रत्याभुत गर्ने साउदीका विदेश मन्त्रीले बताउनुभएको छ । मन्त्रालयले रोजगारदाता सबैलाई यो नियम अनिवार्य पालना गर्न आग्रह पनि गरेको छ । यो नियम सेम्टेम्बर १५ अर्थात आउँदो भदाै ३० गतेसम्म लागु हुनेछ ।

यो अवधिमा गर्मी धेरै हुने भएकाले यस्तो नियम ल्याइएको हो । भदौपछि पनि निजी क्षेत्रमा जोखिममा काम गरिरहेका कमदारको व्यक्तिगत र पेशागत सुरक्षालाई कायम राख्ने मन्त्रालयले जनाएको छ ।

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.