सिरियाली विमान खसालिएपछि रुसी चेतावनी

रुसको रक्षा मन्त्रालयले सिरियामा उस्को हवाई सेना तैनाथ रहेको क्षेत्र माथिको आकाशमा देखिने कुनै पनि विमान वा मानवरहित विमान, ड्रोन, लाई सैनिक निशाना सरह व्यवहार गरिने जनाएको छ।

आइतबार एउटा अमेरिकी लडाकु जेटले सिरियाली युद्धविमानलाई गोली हानी खसालीदिएपछि रुसले त्यस्तो वक्तव्य सार्वजनिक गरेको हो।

रुसको रक्षा मन्त्रालयले कडा प्रतिक्रिया जनाएको छ र व्यवहारमै पनि त्यस्को प्रतिविम्बका रुपमा रुसी विदेशमन्त्रालयले सिरियामा भूलवश हुने हवाई दुर्घटना रोक्ने उद्देश्यले अमेरिकासंग जारी रहेको सहकार्यलाई पनि स्थगित गरिने जनाएको छ।

अमेरिकी सेन्ट्रल कमाण्डले आइतबार रक्का प्रान्तमा इस्लामिक स्टेट उग्रवादीहरु विरुद्ध लडिरहेका सैन्यमाथि बम प्रहार गरेकाले लडाईंको नियम अनुसार नै उक्त सिरियाली विमानलाई हमलागरी खसालिएको बताएको छ।
हमला

रुस र सिरिया दुवैले उक्त लडाकु विमान रक्का शहरभन्दा ४० किलोमिटर दक्षिण-पश्चिममा आइएस विरुद्धको सैनिक अभियानमा रहेको बेला त्यसमाथि हमला भएको बताएका छन्।

सिरियाली सेनाले उक्त हमलाबाट आंतकवाद विरुद्धको लडाईंमा खतरनाक प्रभाव पर्ने बताएको छ।

रुसले आफ्नो वक्तव्यमा हमलापछि उक्त विमानको सिरियाली पाइलटले आइएस नियन्त्रीत इलाकामा आपतकालीन अवतरण गरेको र तिनको अवस्था अज्ञात रहेको जनाएको छ।

रुसी विदेशमन्त्री सेर्गेई लाभ्रोभले भनेका छन्, “संयुक्त राज्य अमेरिकाले सिरियाली सिमाको अखण्डतालाई सम्मान गर्नुपर्छ र एकपक्षीय रुपमा कार्वाही गर्नबाट आफूलाई सम्हाल्नु पर्छ।”

रक्का शहरबाट इस्लामिक स्टेटलाई धपाउन लडाईं गरिरहेका अमेरिकी समर्थनप्राप्त सैन्यले सिरियाली सरकारले आफूहरुको ठेगानामाथि बम हमला गरेको आरोप लगाउंदै जवाफी कार्वाही गरिने चेतावनी दिएका छन्।

बीबीसीका अरब मामिला सम्पादक सेबास्टिएन अशर भन्छन्, “रक्कामा भैरहेको लडाईं त्यहांबाट आइएस लडाकुलाई धपाउने उद्देश्यले मात्र होइन सिरियाको भावी स्वरुप निर्धारण गर्ने सम्बन्धी विस्तारित द्वन्द्वको एक भाग हो।” BBC

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.