राजधानीमै श्रीमानले श्रीमतीलाई जिउँदै जलाए, कस्ले सुनिदेला शोभा राईको चित्कार ?

काठमाडौँ, ५ असार । राजधानीमै एक श्रीमानले आफ्नी श्रीमतीलाई जिउँदै जलाएर हत्या प्रयास गरेका छन् । प्रेम विवाह गरेर ल्याएका श्रीमानले जिउँदै जलाएर मार्ने प्रयास गरेपछि खोटाङकी शोभा चाम्लिङ राई जीवनमरणको दोसाँधमा छिन् । काठमाडौँको नयाँबजारस्थित पिपुल्स अस्पतालको शैयामा छटपटाइरहेकी शोभाको चित्कार सुनिदिने कोही छैन् ।

घटना एक हप्ता अघिको हो । गत जेठ २७ गते काठमाडौँको शेषमति पैयुँटारस्थित कोठामा उनका श्रीमान राजु खड्गी श्रेष्ठले शोभालाई जिउँदै जलाएर हत्या गर्ने प्रयास गरेका हुन् । तर, छिमेकीले थाहा पाएपछि जेनतेन शोभाको उद्दार त भयो, तर उनको स्वास्थ्य अबस्था निकै नाजुक छ । उनको पूरै शरीर पोलिएको छ ।

निहुरेर मुख धुन लाग्दा स्टोभमा रहेको मट्टितेल पछाडिबाट खन्याएर आगो लगाइदिएको र कपडा खोल्न लाग्दा समेत शरीरमा नै जलिरहेको कपडा दलेर झन् थप घाइते बनाएको उनले दैनिक नेपाललाई बताइन् । आगलागीपछि जबरजस्ती बाथरूमभित्र छिराएर च्यानल गेटमा चाबी लगाएर भागेका राजु अहिलेसम्म पनि फरार छन् ।

शोभाले हारगुहार गरेपछि मात्रै छिमेकीले थाहा पाएका थिए । प्रहरी र स्थानीयबासीको सहयोगमा उनलाई जेठ २७ गते राति नै काठमाडौं नयाबजारस्थित पिपुल्समा ल्याइएको छ । उनको उपचार जारी रहे पनि साथमा एक रुपैँया पनि नभएको उनले दैनिक नेपाललाई बताइन् ।

नुवाकोट मदानपुर, बाराही स्थायी घर राजु र खोटाङकी शोभाले केही बर्ष अघि मात्रै प्रेम विवाह गरेका थिए । तर नेवार भएर राई बिहे गरेको भन्दै राजुको परिवारले उनीहरुको प्रेम विवाहलाई अस्वीकार गरे । त्यसपछि उनीहरु काठमाडौँमै डेरा लिएर बस्दै आएका थिए ।

केहीबर्ष राम्रै सम्बन्ध भए पनि ८ बर्षदेखि उनीहरुको सम्बन्ध बिग्रिएको थियो । अर्को श्रीमती ल्याएर बाहिर बस्ने बस्ने गरेका राजु कहिलेकाँहीमात्रै शोभालाई भेट्न कोठामा आउने गरेका थिए । तीन सन्तानकी आमा शोभाको दुई छोरालाई रक्षा नेपाल नामक संस्थाले लालन पालन गर्दै आएको छ ।

घटनालगत्तै फरार रहेका राजुलाई प्रहरीले खोजी गरिरहेको छ । तर, उनले भने फोनबाट आफूलाई धम्की दिइरहेको शोभा बताउँछिन् ।-dainiknepal

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.