अष्ट्रेलियामा क्यान्सर रोगको उपचारमा गाँजा

असार ५, २०७४- लागूपदार्थको रुपमा प्रतिबन्धित रहेको गाँजालाई अष्ट्रेलियाले क्यान्सर रोगको उपचारको लागि औषधि निर्माण गर्ने भएको छ । तत्कालका लागि बिभिन्न राज्यहरुमा १२ जना कृषकहरुलाई कानुनी रुपमा गाँजाखेतीको अनुमती प्रदान गरिएको छ ।

गाँजालाई क्यान्सर लगायतका रोगहरुको उपचारका लागि प्रयोग गर्न पाउनुपर्ने माग पहिल्यैदेखि गर्दै आइएको थियो । जसकारण अष्ट्रेलियाले केही समयअघि यसलाई कानुनी रुपमा औषधिका रुपमा प्रयोग गर्ने अनुमति दिएको हो । सरकारले अहिलेलाई विभिन्न स्थानहरुमा रहेका १२ जना कृषकहरुलाई कानुनी रुपमा गाँजाखेतीको लागि अनुमति दिएको स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन् । यद्यपी गाँजाखेती गर्ने कृषहरुले कडा सुरक्षा लगायतका प्रविधि अपनाएर मात्र गाँजाखेती पाउनेछन् ।

यो खेती गर्ने कृषकहरुले फिङ्गरप्रिन्ट स्क्यानर, मोसन सेन्सर, लेजर अर्लाम लगायतका सुरक्षाका प्रविधिहरु अपनाउनुपर्नेछ भने खेतीस्थलमा सुरक्षाकर्मी र उत्पादनस्थल गोप्य स्थानमा हुनुपर्ने प्रावधान राखिएको छ । यसका साथै उत्पादन गर्ने कृषकहरुले उत्पादित गाँजा गलत प्रयोगमा नआउने र कालोबजारी नहुने बिस्वस्त दिलाउनुपर्नेछ । यति मात्र नभएर गाँजा ओसारपसार गर्ने सवारीसाधन समेत अपहरणकारीहरुबाट सुरक्षित हुनुपर्नेछ ।

यस औषधिको सही प्रयोगका लागि अष्ट्रेलियाले देशभरिबाट ५० जना चिकित्सकहरुलाई हालै तालिम समेत दिएको छ । यो औषधि अलग किसिमको भएको र यसलाई कसरी बिरामीहरुलाई सिफारिस गर्ने बिषयमा चिकित्सकहरुलाई तालिम दिइएको बताइएको छ । तालिम लिएकी चिकित्समध्येकी एक डा. जुडिथ ल्यासले तत्काल क्यान्सर रोगको उपचारका लागि गाँजबाट बनेको औषधिले रोग निको बनाउने वा नबनाउने बारेमा प्रमाणित जानकारी नभएको बताएकी छिन् ।

अष्ट्रेलियाका स्वास्थ्यमन्त्री ग्रेग हन्टले आफुहरु यो औषधि उपलब्द्ध गराउन तयार रहेको तर पुर्णत कानुनी हुनुपर्ने बताएका छन् । उनले यो औषधि चिकित्सकको सिफारिस र आवश्यक्ता भएकाहरुलाई मात्र उपलब्ध हुनेमा समेत जोड दिएका छन् ।

अष्ट्रेलियामा गरिएको गाँजाखेतीबाट उत्पादित औषधि यस बर्षको अन्त्यदेखि मात्र उपलब्ध हुने बताइएको छ । kantipur.ekantipur.com

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.