यी ५ गल्तीका कारण सबै पुरुष ह्यान्डसम देखिँदैनन्

आफूलाई कसरी आकर्षक देखाउने भन्ने मामलामा महिला अगाडि हुन्छन् । प्राकृतिक रुपमा त्यति सुन्दर नभएपनि महिलाहरु सुन्दर देखिन धेरै प्रयत्न गर्छन् ।

आकर्षक देखिन त पुरुषहरुलाई पनि मन पर्छ । तर उनीहरुलाई त्यसका लागि ढंग पुग्दैन । कतिपयले राम्रो लुगा लगाउने, कपालका नाँनाभाँती डिजाइन गर्ने र अनुहार पनि सक्दो राम्रो देखाउने गर्छन् । आकर्षक देखिनका लागि ठूला कुरामा ध्यान दिने पुरुषहरु सानातिना कुरामा भने सधैं चुक्छन् । जसले गर्दा उनीहरु आकर्षक देखिन सक्दैनन् ।

खासमा पुरुषहरुले के त्यस्तो गल्ती गर्छन्, जसले गर्दा उनीहरु आकर्षक देखिँदैनन् ? यो आलेखमा आकर्षक देखिन चाहने पुरुषले गर्ने केही गल्तीबारे उल्लेख गरिएको छ ।

विनाक्रिम सेभिङ

दाह्री जुँगासँग धेरै पुरुषको ‘दोस्ती’ हुँदैन । बरु आयो कि फालिहाल्नुपर्ने सत्रुवत् व्यवहार हुन्छ । त्यसैले धेरैको दिनदिनै दाह्री काट्ने बानी हुन्छ । दिनदिनै दाह्री काट्नेले सधैँ क्रिम लगाउन झन्जट मान्छन् । कहिलेकाहिँ यत्तिकै दाह्री काट्छन् । यसले छालाको बाहिरी पत्र प्रभावित हुन्छ । जसले गर्दा अनुहारको चमक घट्छ ।

नाक र कानमा ध्यान नदिनु

चिटिक्क कपाल र उस्तै दाह्री बनाउँछन् । तर, अधिकांश पुरुषहरुको नाकमा गुफाबाट निस्किेको झारजस्तो रौं हुन्छ । कानमा पनि त्यस्तै हुन्छ । जसले गर्दा गर्दा आकर्षक देखिन गरिएको अन्य मेकअप फिक्का हुन्छ

कपालको वेवास्ता

अधिकांश पुरुषको कपाल छोटो हुन्छ । नुहाउने समयमा ‘छोटो कपाल त हो’ भन्दै स्याम्पू खोज्ने झन्जटबाट उम्किन शरीरमा दल्ने साबुनले काम चलाउने गर्छन् । जसले गर्दा कपालको चमक घट्ने त छँदैछ, कपालमा चायाँ पर्ने समस्या समेत निम्त्याउँछ । नुहाएर जाँदा पनि चिटिक्क पारेर लगाएको लुगाको घाँटीको कलरमा चायाँ टल्किन्छ । जसले गर्दा अरुको नजरमा आकर्षण घटिरहेको हुन्छ ।

फुलेको कपाल उखेल्ने

उमेरसँगै कपाल फुल्दै जान्छ । कतिपयको उमेर नपुगेरै फुल्न सक्छ । पुरुषहरुले फुलेको कपाल बुढ्यौलीको संज्ञा ठान्छन् । त्यसैले समय मिल्यो कि फुलेका कपाल पन्छाउन खोज्छन् । यही गल्तीले उनीहरुलाई दोहोरो हानी गर्छ । एउटा फुलेको कपाल वरिपरिका कपाल प्रभावित भएर भविष्यमा तालुखुइले नै हुने र अर्को तनावले झन् धेरै कपाल फुल्ने हुन्छ ।

नङ नकाट्ने

पुरुष कम सौन्दर्यप्रेमी हुन्छन् ! यो गलत हो, साना कुरामा पो रुची राख्दैनन् त । जस्तो नङ सजाउनु, ओठ चिल्लो राख्नु र आँखी भौँ सम्याउनु । तर, सबभन्दा ठूलो गल्ती यहीँनेर गरिरहेका हुन्छन् कि हात र खुट्टाको नङ आधा पहेँलो नहुन्जेल काट्दैनन् । यी पनि अरुका आँखा चाँडै पर्ने ठाउँ हुन् । त्यसैले ह्यान्डसम बन्ने सपनाको बाधक यो बानी पनि हुन सक्छ ।

स्वास्थ्य सम्बन्धी पत्रपत्रिकाको सहयोगमा

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.