आठ लेनको बाहिरी रिङ्ग रोडको पहिलोखण्ड निर्माणको तयारी,एकैपटक ६ स्थानबाट निर्माण सुरु

काठमाडौं,२२ जेठ | उपत्यकाको बाहिरी चक्रपथको पहिलोखण्ड निर्माणको काम अगाडि बढाउने तयारी गरिएको छ । यसका लागि बाहिरी चक्रपथ विकास आयोजनाले आगामी एक साताभित्र १३ हजार सात सय ६४ कित्ता जग्गा अधिग्रहण गर्ने भएको छ । ‘जग्गा अधिग्रण गर्न सरकारले यही जेठ १५ गते राजपत्रमा सूचना प्रकाशित गरिसकेको छ’, बाहिरी चक्रपथ विकास आयोजना शाखा अधिकृत ध्रुवप्रसाद सापकोटाले भन्नुभयो । उहाँका अनुसार आवश्यक सबै प्रक्रिया पूरा भएको छ । यो आयोजनाको ६.६ किलोमिटर दूरीमा अवस्थित चोभारदेखि सतुङ्गल खण्डको निर्माण जग्गा एकीकरणको माध्यमबाट गर्न भौतिक विकास योजना स्वीकृत गरेको छ ।

बाहिरी चक्रपथ निर्माण हुने क्षेत्रको चार किल्लाभित्रको सीमा तय भएको छ । सोही सीमाभित्रको आठ हजार नौ सय ५६ रोपानी जग्गा अधिग्रहण भएको सूचना एक सातामै सार्वजनिक हुने सापकोटाले बताउनुभयो ।उहाँका अनुसार बाहिरी चक्रपथ आयोजनाले ओगट्ने उक्त क्षेत्रको सूचना सार्वजनिक भएकै दिनबाट बिक्रीवितरण तथा कित्ताकाट रोकिन्छ । सबै जग्गा सरकारले प्राप्ति गरी दुई वर्षभित्रै जग्गा विकास गरेर सम्बन्धित क्षेत्रका स्थानीयलाई नै फिर्ता दिनेछ । यो जग्गा अधिग्रहणपछि निर्माण हुने बाहिरी चक्रपथ योजनामा करिब दुई सयवटा घरपर्ने भएका छन् । यी घरका लागि सरकारले उचित क्षतिपूर्ति दिने सापकोटाको भनाइ छ। sajhapage

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.