बोर्डिङ पास लिइसकेका यात्रु उड्न पाएनन्

काठमाडौ – श्रम स्वीकृति जाँच पास गरेर बोर्डिङ पास लिई आइतबार बिहान ओमान एयरमार्फत बहराइन जान लागेका टंक आचार्यलाई विमानस्थल अध्यागमनका कर्मचारीले फिर्ता पठाए । विमानस्थल अध्यागमनका अधिकृत डिल्लीप्रसाद भट्टराईले सक्कली कागजात नभएको भन्दै उनलाई रोकेका थिए । त्यसपछि साढे ९ बजे उड्ने विमानमा उनले यात्रा गर्न पाएनन् । आजको कान्तिपुरमा खबर छ ।

सबै विधि र प्रक्रिया पूरा गरे पनि नियतवश दु:ख दिन आफूलाई फिर्ता गरिएको भन्दै मोरङ पथरी ९ घर भएका आर्चायले डिल्लीबजारस्थित अध्यागमन विभागमा निवेदन दिएका थिए । स्रोतका अनुसार आवश्यक कागजात हुँदाहुँदै पनि कर्मचारीले यात्रुलाई रोकेको भन्दै अध्यागमन विभागका महानिर्देशक गंगाराम गेलालले अधिकृतलाई विभाग नै डाकेका थिए ।

स्रोतले भन्यो, ‘महानिर्देशक गेलालले यात्रुलाई क्षतिपूर्ति नतिरे कडा कारबाही गर्ने बताएपछि भट्टराईले टिकट काटिदिने बताएका थिए ।’ व्यक्तिगत श्रम स्वीकृतिमा सबै प्रक्रिया पूरा गरेर हिँडेका आचार्यले कान्तिपुरसँग कुरा गर्दै आफूलाई अनाहकमा दु:ख दिइएको बताए । आचार्यले आफूले सबै सक्कल कागजात देखाउँदा पनि फिर्ता पठाइएको बताए । विमानस्थलको अध्यागमनमा खटिएका वरिष्ठ अधिकृत, ड्युटीमा खटिएका अधिकृत र विमानस्थल अध्यागमनका प्रमुख अधिकृतको सहमतिमा मात्रै यात्रुलाई अफलोड गर्न पाइने व्यवस्था छ । तर आचार्यलाई फिर्ता पठाउने काम भने भट्टराईले एकल निर्णयका आधारमा गरेका थिए ।

अध्यागमन कर्मचारीकै कारण आचार्यको ३१ हजार रुपैयाँमा किनेको टिकट खेर गएको छ । आचार्यले नयाँ यात्राका लागि फेरि टिकट काट्नुपर्ने बताए । उनले भने, ‘टिकट काट्नका लागि पैसा छैन । विमानस्थल अध्यागमनले टिकट काटिदिन्छ कि, हेरम ।’ आचार्य बहराइनस्थित एक कम्पनीमा रंग लगाउने काममा जान लागेका थिए । विमानस्थल अध्यागमन शाखाका प्रमुख होमनाथ थपलियाले आचार्य बुधबार या बिहीबार नै बहराइन जाने बताए । उनले कामदारले सबै कागजात नबुझाएकै कारण फिर्ता पठाइएको दाबी आफू मातहतका कर्मचारीले गरेको र आफूले सबै कागजात बुझाएको दाबी यात्रुले गरेको बताए । उनले भने, ‘दुवैका आ–आफ्नै दाबी छन् । उनी केही दिनमै गन्तव्य देश जान्छन् ।’

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.