अब साङ्लो नमार्नुहोस्, बिक्री गरेर लाखौं कमाउनुहोस्

काठमाडौं, २७ जेठ– हाम्रो घर तथा भान्सामा हुने साङ्लो (कर्कोज) मार्नकै लागि हामीले अनेकौं विषादी प्रयोग गर्ने गर्छौं । त्यो विषादीले हाम्रो स्थास्थ्यमा प्रतिकुल असर त पार्छ नै ती विषादी किन्न पैंसा पनि टन्नै खर्च हुन्छ ।

अब भने साङ्लो मार्नुभन्दा त्यसलाई बिक्री गरेर आम्दानी गर्ने विकल्पको समेत विकास भइसकेको छ । सुन्दा आश्चर्य लाग्ला तर उत्तरी छिमेकी राष्ट्र चीनमा साङलाको बिक्रीबाट मानिसहरु करोडपति भएका छन् । अहिले चीनमा साङ्लाको व्यवसायिक खेती समेत हुन्छ ।

चिनियाँ किसान झुउ होइ व्यवसायिक रुपमा साङ्लोको खेती गर्ने पहिलो चिनियाँ किसान मानिन्छन् । उनी सन् २०१३ देखि साङ्लाको खेतीमा संलग्न छन् । साङ्ला बिक्री गरेर उनले करोडौं कमाइसकेका छन् ।

अहिले उनले गरेको काम अन्य मानिसले पनि गर्न थालेका छन् । साङ्लोको खेती गर्दा धेरै मानिसहरुले उनलाई ‘पागल’ समेत भनेका थिए । तर त्यतिबेला उनलाई ‘पागल’ भन्नेहरु नै अहिले साङ्लोको व्यावसायिक खेतीमा लागेका छन् ।

विभिन्न प्रकारका औषधी उत्पादनमा साङ्लोको प्रयोग हुने गरेको छ । साथै मानिसहरुले साङ्लोबाट बन्ने परिकार पनि विशेष रुचीका साथ खाने गर्छन् ।

यस्तै विशेष प्रकारको वाइन बनाउन पनि साङ्लोको प्रयोग हुने गरेको बताइन्छ ।

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.