हिमानीद्वारा एक्लै तालवाराही मन्दिरको दर्शन

पोखरा : पूर्व युवराज्ञी हिमानी शाहले बिहीबार फेवातालको बीचमा रहेको तालवाराही मन्दिरको दर्शन गर्नु भएको छ।

छोराछोरीसहित पूर्व राजपरिवारको कुलदेवता मानिने गोरखाकाली मन्दिरको दर्शन गरेर पोखरा आउनु भएकी हिमानीले तालवाराही मन्दिरको दर्शन एक्लै गर्नु भएको छ। छोराछोरी बिना एक्लै डुंगामा चडेर तालवाराही मन्दिर पुगेर उहाँले करिव आधा घण्टा पूर्जा गर्नु भएको हो।

यसअघि मंगलबार उहाँले स्याङ्जा जिल्लाको कालिगण्डकी गाउँपालिका स्थित आमलदेवी मन्दिरको दर्शन छोराछोरीसँगै गर्नु भएको थियो। तारवाराही मन्दिरलाई पनि राजपरिवारको कुलदेवता मानिन्छ।

हिमानी तालवाराही मन्दिरको दर्शन गर्न बाराही घाट पुग्दा राष्ट्रिय प्रजातन्त्र पार्टीका कार्यकर्ताले फूलमालाले स्वागत गरेका थिए। मन्दिर दर्शन गरेर फर्कदा भने एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) का कार्यकर्ताले उहाँको जयजयकार गर्दै ‘राजा आऊ देश बचाऊ’ भन्दै नारावाजी गरेका थिए। annapurnapost

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.