कर्णाली नदीमा यात्रु बस खस्यो : १० जनाको मृत्यु

सुर्खेत : दैलेखमा बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ । कालिकोटबाट महेन्द्रनगरका लागि छुटेको ना ४ ख २९९८ नम्बरको यात्रु बस बुधबार दिउँसो साढे तीन बजे कर्णाली नदीमा खसेको हो ।

जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार १० जनाको मृत्यु भएको छ । जसमा सात जना पुरुष, दुई महिला र एकजना बच्चाको मृत्यु भएको स्थानीयले जानकारी दिएका छन् ।

यस्तै १८ यात्रु घाइते भएका छन् । कर्णाली राजमार्ग अन्तर्गत खिड्कीज्यूला र राकमको बीचमा पर्ने राकम वेल्तडीमा बस दुर्घटना भएको प्रहरीले जनाएको छ । घटनाको थप विवरण आउन बाँकी छ ।

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.