मेयर पदमा एक्लो महिला उम्मेदवार

प्युठान : दोस्रो चरणको स्थानीय तह निर्वाचनमा प्युठानबाट प्रमुख पदमा एकजना मात्र महिलाले टिकट पाउनुभएको छ । नयाँ शक्ति पार्टी नेपालले प्युठान नगरपालिकाको मेयर पदमा बिजुवार टारी निवासी भगवती सुवेदीलाई टिकट दिएको हो । जिल्लाका कुनै पनि अन्य दलले नगरपालिका वा गाउँपालिकाको प्रमुख पदमा महिलालाई टिकट दिएका छैनन् । ४३ वर्षीया सुवेदी जिल्लामै प्रमुख पदमा चुनाव लड्ने एक मात्र महिला हुनुहुन्छ ।

पार्टीको केन्द्रीय परिषद् सदस्यसमेत रहनुभएकी सुवेदी २०४४ सालदेखि राजनीतिक यात्रामा लाग्नुभएको हो । तत्कालीन समयमा नेकपा मसालबाट राजनीतिक यात्रा थालेको उहाँले जानकारी दिनुभयो । पार्टीमा क्रियाशील भएकै कारण आफू २०४६ सालको जनआन्दोलनमा दस दिनसम्म हिरासतमा बस्नुपरेको स्मरण गर्नुभयो ।

२०५४ सालको स्थानीय निकाय निर्वाचनमा तत्कालीन बिजुवार–७ टारीको वडा सदस्यमा निर्वाचित सुवेदीले यसपालिको स्थानीय तहमा समेत आफूले विजय हासिल गर्ने अठोट गर्नुभएको छ । ‘मेरो उम्मेदवारी प्युठानी महिलाको हो’, उहाँले भन्नुभयो, ‘महिलाको सशक्तीकरण नै मेरो प्रमुख मुद्दा हो ।’ जिल्लाका सबै महिलाको अभिभावकको रूपमा आफूले उम्मेदवारी दिएको उहाँले सुनाउनुभयो ।

महिला हिंसा, सामाजिक विभेद र महिलालाई आर्थिक रूपमा सक्षम एवं प्रविधिमैत्री बनाउन आफू प्रतिबद्ध रहेको उहाँले जानकारी गराउनुभयो । संविधानमै उल्लेख गरिएको समान अधिकार व्यवहारिक रूपमा कार्यान्वयन अझै हुन नसकेको उल्लेख गर्दै उहाँले यसको पूर्ण कार्यान्वयनका लागि जोड दिइने प्रतिबद्धता जनाउनुभयो ।

नगरपालिकामा ‘स्मार्ट सिटी’, चेरनेटा–दम्ती हरियालीसहितको फोर लेन सडक निर्माण, नगरपालिकाको केन्द्रमै भएको खानेपानी समस्याको समाधानलगायत विकासका प्रद्धिबद्धता उहाँले जनाउनुभएको छ । एमएड र एलएलबीसम्मको अध्ययन गर्नुभएकी सुवेदीले आफूलाई विजयी गराए सम्मुनत नगर बनाउने सपना बोक्नुभएको छ । जिल्लामा क्रियाशील प्रमुख दलहरूले पनि प्रमुख पदमा महिलालाई उठाउने चर्चा चले पनि उमप्रमुखमै सीमित गराएका छन् । annapurnapost

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.