नेपाली लैजान आएका पाँच भारतीय प्रहरी डोटीमा पक्राउ

धनगढी १८ जेठ: डोटीको दिपायल–सिलगढी नगरपालिका–८ लडागडाका लालबहादुर आउजीलाई घरबाटै पक्राउ गरेर लैजाने भारतीय प्रहरीका डिएसपी सहित पाँच जना भारतीय प्रहरी र दुई जना नेपाली गरी सात जनालाई डोटी प्रहरीले बुधरबार राती पक्राउ गरेको छ । भारतीय प्रहरीका डिएसपी नागराजको नेतृत्वमा आएको दुई जना नेपाली सहितका सात जनाको टोली, आउजीलाई गाडिमा हालेर लैजाने क्रममा डोटीमै पक्राउ परेको हो ।

डिएसपी नागराज सहितका पाँच जना सुरक्षाकर्मी नेपाल प्रहरीसँग समुन्वय नै नगरी, नेपालीलाई लैजान थालेकोे खबर आएपछि उनीहरुलाई नियन्त्रणमा लिईएको सुदूरपश्चिम क्षेत्रका डिआईजी रोमीन्द्र देउजाले बताउनुभयो । उहाँले, यो दुई देशबीचको मामिला भएकाले यसबारेमा धेरै भन्न नमिल्ने बताउनुभयो ।
डिआईजी देउजाले भारतमा बैंक डकैतीको आरोप लागेका लालबहादुर आउजीलाई, भारतमा रहेका उनकै दुई जना साथीहरुहरुको सहयोगमा भारतीय प्रहरी डोटी पुगेको बताउनुभयो । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय डोटीमा राखिएको छ भने भारतीय प्रहरीका उच्च अधिकारीहरुको रहोबरमा छोडिने डिआईजी देउजाले जानकारी दिनुभयो ।

उहाँले, नेपालीलाई भने भारतीय प्रहरीलाई नबुझाउने बताउनुभयो । भारतमै रहेका दुई जना नेपालीहरु र पाँच जना प्रहरी बुधबार बेलुकी शैलश्वरी घुम्न जाने भन्दै धनगढीबाट गाडी बुक गरेर डोटी गएका थिए । रातीको ३ बजे लालबहादुरको घरमा पुगेका उनीहरुले छापामार शैलीमा उनलाई पक्राउ गरेपछि स्थानीय प्रहरीलाई खबर गरेका थिए ।

पक्राउ परेका भारतीय प्रहरीसँग कुनै हतियार नरहेको र वर्दी पनि नभएको नेपाल प्रहरीले जनाएको छ । यसअघि २०७३ साल बैशाखमा पनि डोटी र अछामको सिमानामा पर्ने चौखुट्टे क्षेत्रबाट पाँच भारतीय सुरक्षाकर्मीहरु हतियारसहित पक्राउ परेका थिए । source:annapurnapost

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.