समाचार छापिएपछि छोराले गाली गर्न भए पनि फोन त गर्यो !

छोरालाई विदेश पठाएर हामीले के पायौं ? घरको जिम्मेवारी सम्हाल्ने बेला भएको छोरा मलेसिया गएपछि हामीले पाएको भनेको घर चलाउने जिम्मेवारी र चिन्ता मात्रै हो । विदेश गएको छोराले कमाउँछ भन्ने आशा थियो तर फोन नै गर्न छोड्यो । छोरा विदेशिएको जति समय बढ्दै गयो उति नै उसको मन कठोर हुँदै गयो । अभिभावक भएकोले हामीले आफ्नो जिम्मेवारी दुःख गरेर भए पनि पूरा गरिरहेका छौं ।

गर्भवती छोडेर गएको हो छोरा, हामीले बुहारीको रेखदेख र स्याहार गर्यौँ । अहिले त नाति पनि ५ वर्षको भइसक्यो । नत बाबुले छोराको मुख देख्न पाएको छ न यो नातिले नै आफ्नो बुवाको । हाम्रो कस्तो बिडम्बना छोराले फोन गर्दा पनि खुशी हुनु परेको छ । जे भए पनि तपाईले लेखिदिएको खबरले काम गर्यो । उसले फोन गर्यो । तर फोनमा सन्चो बिसन्चो केही सोधेन । उसले म यहाँ बस्न आएको होइन अनि किन समाचार निकाल्नुपर्यो भनेर गाली गर्यो ।

तर हामीले कसले समाचार निकाल्यो थाहा छैन तर तेरो फोन आउन समाचार नै निकाल्नुपर्ने रैछ हैन भनेर भन्यौं । त्यसपछि भने उसले अरु केही भनेन अब चाहिँ अहिले मैले गरेको नम्बरमा फोन गर्नु भनेको छ ।

उसले फोन गरेको कुरा हाीले बुहारीलाई पनि सुनायौं । बुहारीले त खुशीको आँसु नै खसालिन् । अब त तनाव कम भयो । राजा घरमा आएर आफ्नो परिवार समालेर बसोस । हामीलाई उसले कमाएको पैसा पनि चाहिँदैन । उसको परिवारको भार पनि उसैले उठाओस् । हामी बुढो भयौं । घरव्यवहार सम्हाल्ने फुर्सद छैन ।

(प्रस्तुती : दुर्गाप्रसाद भट्टराई, मनोसामाजिक परामर्शकर्ता, सर्लाहीको ग्रमिण नारी उत्थान संघ हरिपुरको सहजीकरणमा हरिऔनमा संचालित सुरक्षित आप्रवासन सूचना तथा परामर्श केन्द्र)

-उज्यालो अनलाइन

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.