भाग्यले लखेटिएका ११ कलाकार

महानायक राजेश हमाल जेठ २७ गतेदेखि ५३ वर्षमा प्रवेश गर्दैछन् । जीवनका ५३ वसन्त पार गरेका उनले २ सय भन्दा धेरै सिनेमामा काम गरेर आफूलाई महानायकको रुपमा स्थापित गरेका छन् । अहिले एक सफल अभिनेताको रुपमा स्थापित भएका राजेश हमाललाई उनको परिवारले डाक्टर, ईन्जिनियर वा पाईलट बनाउने सपना देखेको थियो । पढाईमा अब्बल उनलाई पनि यी क्षेत्रमा चासो नभएको पनि हैन । तर उनी आईपुगे सिनेमा क्षेत्रमा । अन्य क्षेत्रमा रुची हुँदा हुँदै पनि भाग्यले लखेटेर सिनेमामा आईपुगेका अन्य केही कलाकारहरुका बारेमा हामीले एक सामाग्री तयार पारेका छौँ ।

नम्रता श्रेष्ठ
अभिनेत्री नम्रता श्रेष्ठ नेपाली सिनेमाकी महंगी अभिनेत्रीको रुपमा चिनिन्छिन् । उनले अभिनय गरेका प्राय सिनेमाहरु करोड क्लबमा प्रवेश भएकै हुन्छन् । अहिले सफल अभिनेत्रीको परिचय बनाएकी नम्रतालाई बालबालिकाहरु खुबै मन पर्छ । यहि कारण उनी अभिनेत्री नभएको भए बाल मनोचिकित्सक बन्ने थिएँ भन्छिन् ।

प्रियंका कार्की
अभिनेत्री प्रियंका कार्की अभिनेत्री नभएको भए एयर होस्टेज हुने सम्भावना बलियो थियो । उनकी आमा एयर होस्टेज हुन् । यहि क्रममा कहिले काही आमासँग जाँदा उनलाई पनि एयर होस्टेजको लागि प्रस्ताव आउने गर्थ्यो । तर उनलाई अभिनय र ग्ल्यामर क्षेत्र अmभ बढी मन पर्ने भएकाले यसमै केन्द्रित भएर काम गरिन् । सन् २००५ मा मिस टिनको उपाधी जिते पछि प्रियंकालाई यो क्षेत्र मन पर्न थालेको थियो । मिस टिन भएपछि प्रियंकाले विभिन्न बिज्ञापनमा काम गर्ने अवसर पाईन् । पछि कान्तिपूर टेलिभिजनमा प्रस्तोता भएर पनि काम गरिन् ।
टेलिभिजनमै काम गर्ने क्रममा उनी सिनेमा पढ्न अमेरिका हान्निईन् । अमेरिका गएर सिनेमा पढेर नेपाल आएपछि प्रियंका लगातार एक पछि अर्को सिनेमामा व्यस्त छिन् ।

आर्यन सिग्देल
अभिनेता आर्यन सिग्देल अभिनेता नभएको भए आर्मी बन्न सक्ने ठूलो सम्भावना थियो । उनका बुवा आमाले छोरो आर्मी भएको हेर्ने ठूलो ईच्छा राखेका थिए । विरेन्द्र सैनिक आर्मी स्कुलमा पढ्दा उनलाई आर्मीको स्पर्शले नछोएको पनि हैन । तर उनले त्यसलाई भन्दा पनि अभिनयलाई प्राथमिकता दिए । उनी यसमै सफल भए । आमा बुवाको सपना पूरा गर्न सकेनन् । आर्यनले आफूले आमा बुवाको सपना पुरा गर्न नसकेको कुरा सिनेमा ‘पुर्नजन्म’को प्रमोशनको समयमा बताएका थिए । यो सिनेमामा आर्मीको कथा समावेश गरिएको थियो ।

निशा अधिकारी
अभिनेत्री निशा अधिकारी जसरी पनि यहि क्षेत्रमा सक्रिय हुने बताउँछिन् । उनी अभिनेत्री नभएको निर्देशक हुने थिईन् । सुरुमा उनलाई अभिनयमा नभयर निर्देशनमा लाग्ने ईच्छा थियो । तर उनी अभिनेत्रीको रुपमा स्थापित भईन् । अभिनयमा अब्बल निशाले सगरमाथा आरोहण गर्ने पहिलो अभिनेत्रीको रेकर्ड पनि राखेकी छिन् । फस्ट लभ, मायाज बार, मेरो देश, मिशन पैसा सिरिज, आभास, जय परशुराम, लुटेरा, सुनगाभा लगायतका सिनेमामा उनको अभिनय छ ।

गौरी मल्ल
गौरी मल्ल बाल्यकालमा निकै सोझी थिईन् । यहि कारण उनलाई बाठो बनाउन भन्दै परिवारले कराँते खेल्न पठाएको थियो । कराँते खेल्न गएपछि आफू डन भएर निस्किएको गौरी बताउँछिन् । तर स्वभाव केटा मान्छेको जस्तो भएका कारण उनलाई कराँतेबाट निकालियो जुन कुरा गौरीले केही समय अघि हामीलाई बताएकी थिईन् । गौरी अभिनेत्री नभएको भए खेलाडी बन्ने थिईन् । उनकी बहिनी भने राष्ट्रिय खेलाडी हुन् । आफूले खेलाडीको परिचय बनाउन नसकेकोमा गौरीलाई बेलाबेलामा पछुतो हुने गरेको छ ।

प्रदीप खड्का
अभिनेता प्रदीप खड्का यतिबेला विदेशमा हुन्थे । उनले अस्ट्रेलिया जाने सम्पूर्ण तयारी गरेका थिए । तर २०७२ सालमा भएको विनासकारी भुकम्पले उनको त्यो यात्रा रोकि दियो । अस्ट्रेलिया जाने निधो गरेका प्रदीपलाई त्यहि समयमा सिनेमा ‘प्रेमगीत’को प्रस्ताव आयो । उनले सिनेमा गर्ने निधो गरे । उनलाई एउटै सिनेमाले नेपालको सफल हिरोको परिचय दियो । हाल उनी अभिनित सिनेमा ‘प्रेम गीत २’ रिलिज हुने तयारीमा छ । त्यस्तै उनी सिनेमा ‘दीपेन्द्र सरकार’मा पनि अनुबन्धित भएका छन् । यदि सिनेमामा नआएको भए प्रदीप यतिबेला विदेशी भूमिमा हुन्थे ।

पूजा शर्मा
अभिनेत्री पूजा शर्मा मिडियाबाट सिनेमामा आएकी अभिनेत्री हुन् । हिमालयन टेलभिजनमा फिल्मी रिपोर्टरको रुपमा काम गर्दा गर्दै सिनेमामा काम गर्ने मौका पाएकी पूजा ऐयर होस्टेज बन्न चाहन्थिन् । उनले एयर होस्टेजको लागि तयारी नगरेकी पनि हैनन् । सायद उनको भाग्यमा एयर होस्टेज बन्न लेखेकै थिएन । एयर होस्टेज बन्नका लागि तयार पारिएका केही कागजातहरु अझै पनि आफूसँग भएको पूजा बताउँछिन् । हाल उनी अभिनेत्रीका साथसाथै निर्मात्री पनि बनेकी छिन् । उनले लगानी गरेको सिनेमा ‘म यस्तो गीत गाउँछु’ असार ३० मा रिलिज हुँदैन ।

साम्राज्ञी राज्य लक्ष्मी शाह
साम्राज्ञी राज्य लक्ष्मी शाहलाई भने पहिले देखि नै ग्ल्यामर क्षेत्र मन पर्थ्यो । उनलाई लाईमलाईटमा आउन मन पर्ने भएपनि उनले सिनेमाको बारेमा भने सोचेकी थिईनन् । उनी ईन्टरनेशनल मोडल बन्न चाहिन्थन् । सिनेमामा आउनु भन्दा पहिले उनी मोडलिङमा सक्रिय थिईन् । केही बिज्ञापनहरुमा काम गरेपछि उनले सिनेमा ‘ड्रिम्स’मा काम गर्ने मौका पाईन् जुन मौकाले उनको जीवनलाई पूर्णरुपमा परिवर्तन गरिदियो । पहिलो सिनेमा नै सफल भएपछि उनी अहिले लगातार एकपछि अर्को सिनेमामा व्यस्त छिन् । उनको दोस्रो सिनेमा ‘ए मेरो हजुर २’ रिलिजको तयारीमा छ ।

स्वस्तीमा खड्का
स्वस्तीमा खड्का छोटो समयमा धेरै चर्चा पाउने अभिनेत्रीमा पर्छिन् । ईन्जिनियरिङकी बिद्यार्थी स्वस्तीमा अभिनेत्री नभएको भए ईन्जिनियर नै हुन्थिन् । तर उनले ईन्जिनियरिङ अध्ययन गर्दागर्दै मिस टिनमा सहभागिता जनाईन् र मोडलिङ सुरु गरिन् । त्यसपछि उनी सिनेमामा आईन् । ‘होस्टेल रिटन्र्स’बाट सिने करिअरको सुरुवात गरेसँगै उनको अध्ययन पनि रोकियो । अहिले उनी सिनेमामै व्यस्त छिन् । उनलाई अध्ययनको लागि समय निकाल्न धौ धौ परिरहेको छ जसकारण उनी ईन्जिनियरिङ क्षेत्रलाई अलबिदा भनेर ईन्टेरिअर डिजाईनिङ पढ्ने सोचमा पुगेकी छिन् ।

अश्लेषा ठकुरी
नव अभिनेत्री अश्लेषा ठकुरीले प्लस टु साईन्स गरेर दुई वर्ष डेन्टल पढिन् । यस हिसाबले उनी त डेन्टिस्ट बन्नु पर्ने मान्छे । तर आखिरमा उनी पनि अभिनय क्षेत्रमै प्रवेश गर्दैछिन् । थियटर हुँदै सिनेमामा प्रवेश गरेकी अश्लेषा सन्तोष सेनको आगामी सिनेमा ‘प्रेम गीत २’ बाट डेब्यु गर्दैछिन् ।
अश्लेषा मेडिकल सेक्टर छाडेर सिनेमामा आउनुको कारण हो एक दुर्घटना । उनी स्कुटी दुर्घटनामा परेर ६ महिना आराम गर्नु परेका कारण पढाई बीचमै छाड्नु परेको बताउँछिन् । अध्ययन छुटेपछि उनले थियटरसँगै सोसियल वर्क अध्ययन गर्न थालिन् ।
डाक्टरका अलाव उनलाई सेफ र समाज सेवी बन्न पनि मन थियो । अहिले पनि उनी आफूलाई राम्रो कुक र केही हदसम्म समाज सेवी भएको बताउँछिन् ।
source:forseenetwork

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.