काठमाडौं – सरकारी स्वामित्वममा रहेको नेपालको सबभन्दा ठूलो दूरसंचार कम्पनी नेपाल टेलिकमको कुनैपनि मोबाइल नम्बरमा विदेशबाट फोन आउँदा ग्राहकहरुले बोनस पाउने भएका छन्। असारपछि यस्तो स्किम ल्याउने तयारीमा टेलिकम रहेकोले टेलिकामले हाल परीक्षणको गरिरहेको छ। टेलिकमले यो स्किम व्यवसायिक रुपमा भने ल्याईसकेको छैन।
टेलिकमका अनुसार अंग्रेजी महिनाको १ देखि १५ गतेभित्र ५० मिनेट वा सोभन्दा बढी कल विदेशबाट आएमा ग्राहकले ५० मिनेट निशुल्क टकटाइम पाउने छन् । हाल परीक्षणको क्रममा रहेको उक्त स्किम सात दिनभित्र प्रयोग गरिसक्नुपर्ने त्यस्तो बोनससँगै ग्राहकहरुले २५ वटा म्यासेज पनि निशुल्क नै पठाउन सक्नेछन्। स्किम हाल परीक्षण गरिएभन्दा फरक पनि आउनसक्ने टेलिकमका एक अधिकारीले जानकारी दिए। recentnepal
http://ift.tt/eA8V8J

Post a Comment
Thanks.