पोखरामा बाटामा भेट्टाएको दुई लाख रुपैयाँ फिर्ता गर्नेलाई दुईवटा घडी उपहार !

पोखरा, २० जेठ । यही जेठ १० गते पोखरा–लेखनाथ महानगरपालिका–४ पन्थी गल्लीमा भेट्टाइएको रु दुई लाख शुक्रबार सम्बन्धित व्यक्तिलाई बुझाइएको छ । ठगी, चोरी, डकैती र लुटपाट गरी अर्काको पैसा लिने प्रवृत्ति दिनहुँजसो बढ्दै गएको यस जमानामा इमान जमान पनि कहीँकतै रहँदो रहेछ भन्ने उदाहरण तारा लुइँटेल र गीता अधिकारीले देखाउनुभयो । उहाँहरुले पैसा भेट्टाएपछि पोखराको एक विद्युतीय सञ्चारमाध्यमलाई खबर गर्नुभएको थियो ।

सञ्चारमाध्यमबाट पैसा भेट्टिएको खबर पाएपछि बैंकबाट पैसा झिकेर घरतर्पm जाँदा बाटामा खसाल्नुभएका कास्की, माछापुच्छ«े गाउँपालिका–४ का हरि रानाभाट जिल्ला प्रहरी कार्यालयमा पुग्नुभएको थियो ।

रानाभाटले बैंकबाट झिकेको प्रमाण र उहाँकै पैसा भएको पुष्टिपछि जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खड्गबहादुर खत्रीको रोहबरमा लुइँटेल र अधिकारीले पैसाधनी रानाभाटलाई रु दुई लाख हस्तान्तरण गर्नुभएको थियो । आफ्नो गुमेको पैसा पाएपछि रानाभाट निकै हर्षित हुनुभयो र ती दुई इमान्दारलाई एक एक थान नयाँ घडी उपहार दिनुभयो । etajakhabar

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.