१४ वर्षमैं बच्चा जन्माउने यी थारु बालिकाको दर्दनाक कथा !

महेन्द्रनगर । ‘विहावरी गर्दा महिला र पुरुषको उमेर संरक्षकको मन्जूरी भए १८ वर्ष र मन्जूरी नभए २० वर्ष नपुगी गर्न/गराउन हुँदैन,’ मुलुकी ऐन एघारौं संशोधनद्वारा विवाह सम्बन्धमा भएको व्यवस्थाको वाक्यांश हो यो ।

बाल विवाह अन्त्यका लागि बनेको राष्ट्रिय रणनीति, २०७२ ले बालविवाहलाई बालअधिकार हनन्को विषयको रुपमा उल्लेख गरी दण्डनीय अपराधको रुपमा स्वीकार गरेको छ । यद्यपी, नेपालमा अझै पनि बालविवाह हुने गरेको छ । नेपालको संविधानले पनि १६ वर्षमुनिका व्यक्तिलाई नाबालकको रुपमा परिभाषित गरेको छ ।

कञ्चनपुरमा संविधान, ऐन र नियमलाई चुनौती दिँदै अनौठो घटना सार्वजनिक भएको छ । १४ वर्षीया बालिका प्रसूति भएकी छन् । पोषण पुनस्र्थापना गृह कञ्चपुरका कार्यक्रम प्रबन्धक इन्द्रा भट्टका अनुसार १४ वर्षीया बालिकाले शिशुको जन्म दिएकी हुन् ।

बालिका पुनम डगौराले साढे १ किलोग्राम मात्रै तौल भएको ‘कुपोषित’ शिशुको जन्म दिएको भट्टले बताइन् । पुनम गत बैशाख २५ गते घरमै प्रसूति भएकी थिइन् । तर, शिशु सिकिस्त बिरामी भएपछि बिहीबार मात्र महाकाली अञ्चल अस्पतालको पोषण पुनस्र्थापना गृहमा ल्याइएको हो । नियमित रुपमा आमालाई पोषिलो खानेकुरा तथा बच्चालाई दूध खुवाइरहेकाले दुबैको स्वाथ्यमा सुधार भइरहेको भट्टले बताइन् ।

नियमित रुपमा आमालाई पोषिलो खानेकुरा तथा बच्चालाई दूध खुवाइरहेको दुबैको स्वाथ्यमा सुधार भइरहेको प्रबन्धक भट्टले बताइन् । उनका अनुसार अहिले शिशुको तौल साढे २ किलोग्राम पुगेको छ । स्वास्थ्य अवस्था सुधार भएकाले शनिबार पोषण स्थापना गृहबाट डिस्चार्ज गरिएको पुनस्र्थापना गृहले जनाएको छ । सानै उमेरमा प्रजन्न अंगको परिपक्वता नहुने भएकाले प्रसूति हुँदा आमा र शिशु दुबैको ज्यान खतरामा हुने गरेको र पाठेघर खस्ने समस्या समेत हुने गरेको अनमी रेवती अवस्थीले बताइन् । ‘पुनमलाई शारीरिक अवस्था कमजोर भएकाले २४/२५ यता बच्चा नजन्माउन सुझाव दिइएको छ,’ अनमी अवस्थीले भनिन् । पुनमले ३ वर्ष अगाडि दैजीको धरमपुरका रुपेश डगौरासँग प्रेम विवाह गरेकी थिइन् ।

पुनस्र्थापना गृहमा कुपोषित शिशुको स्याहार
महाकाली अञ्चल अस्पतालभित्र रहेको पोषण पुनस्र्थापना गृहमा कुपोषित शिशुको उपचार हुने गरेको छ । गृहमा रहेका एक ६ महिने ‘कुपोषित’ बालकको तौल ४ किलोग्राम मात्र रहेको छ । गत कात्तिकमा जन्मिएको शिशुको तौल ६ महिनामा १ किलोग्राम मात्र बढेको पोषण पुनस्र्थापना गृहका कार्यक्रम प्रबन्धक इन्द्रा भट्टले बताइन् । कुपोषणले शिशुको छाला च्याउरिएको छ । कार्यक्रम प्रबन्धक भट्टले भनिन्, ‘कुपोषित शिशुको तौल अहिले ७ किलोग्राम हुनुपथ्र्यो, शिशु जन्मिँदा ३ किलोग्राम रहेकोमा ६ महिनामा मात्र १ किलोग्राम मात्रै बढेको छ ।’

शिशुलाई खुवाउन दूध नपुग्ने गरेको उनकी आमा पूजा नेपालीले बताइन् । ‘भैंसीको दूध पनि समयमा खुवाउन सकिन्न,’ उनले भनिन् । गर्भावस्थामा पोषिलो खानेकुरा नखाएमा तथा नियमित स्वास्थ्य परीक्षण नगराउँदा आमाको दूध नहुने समस्या हुने गरेको भट्टले बताइन् । पोषण पुनस्र्थापना गृहमा अहिले ५ वर्षमुनिका १४ कुपोषित बच्चा रहेका छन् ।

पोषण गृहमा सुकेनास र फुकेनास गरी ५ वर्षमुनिका कुपोषित बच्चाको उपचार गरिन्छ । ‘एउटा बच्चालाई पोषणको मात्र मिलाएर दिनको ८ पटकसम्ममा पोषणयुक्त खानेकुरा दिइन्छ । शिशु भर्ना भएको ३५ दिनसम्म पोषण गृहमा राख्नुपर्छ, त्यसमा हामीले नियमित रुपमा पोषण दिएर शीघ्र उपचार गरेर २० दिनसम्ममा पनि घर पठाउँछौं,’ प्रबन्धक भट्टले भनिन् । गर्भावस्थामा पोषणयुक्त खानेकुरा नखाने, आमाको कमजोर स्वास्थ्य लगायत कारणले कुपोषण हुने गरेको स्वास्थ्यकर्मीको भनाई छ ।

महाकाली अञ्चल अस्पतालमा २०६३ सालमा पोषण पुनस्र्थापना गृहको स्थापना भएको थियो । पोषण गृहमा दैनिक ५ जनासम्म बिरामी जाँचका लागि आउने गरेका छन् । पोषण गृहले स्थापनाकालदेखि हालसम्म १ हजार ४ सय २२ कुपोषित बच्चाको उपचार गरिसकेको छ । karnalikhabar

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.