एजेन्सी
जेठ १९ – यदि तपाईंको साथी र तपाईं एउटै काम गरिरहनुभएको छ तर तर साथीको तलब तपाईंभन्दा धेरै छ भने तपाईंलाई कस्तो लाग्छ ?संसारमा यस्ता थुप्रै देश छन् जहाँ कास्ट अफ लिभिङमा निकै अन्तर छ भने तलबमा पनि निकै अन्तर छ । आज हामी यस्तै १० देशबारे जानकारी दिँदैछौं जहाँ सबैभन्दा धेरै तलब दिइन्छ ।
१. लग्जम्बर्गः
लग्जम्बर्ग एक निकै सानो देश हो । यो जनसंख्या र आकारमा पनि अन्य देशको तुलनामा निकै सानो छ । यहाँको अर्थव्यवस्था बैंकिङ र लगानी धेरै निर्भर हुन्छ । यहाँका थुप्रै अनलाइन कम्पनी संसारभरी नै राज गरिरहेका छन् जस्तै अमेजन र स्काइप । केही समय अघिसम्म लग्जम्बर्ग स्टिल बनाउनमा सबैभन्दा अगाडि थियो । यहाँ औसत तलब संसारभरीको सबैभन्दा धेरै ६१ हजार ५ सय ११ डलर छ ।
२. यूनाइटेड स्टेट्सः
यूनाइटेड स्टेट्स संसारभरीको सबैभन्दा धनी देश हो र यहाँको इकोनोमी पनि सबैभन्दा धेरै मानिन्छ । यहाँबाट संसारभरी सबैभन्दा धेरै तेलको उत्पादन हुन्छ । साथै, यो संसारको सबैभन्दा ठूलो स्टक एक्सचेन्ज हो । धेरैजसो अमेरिकी हप्तामा ४४ घण्टा काम गर्दछन् । यहाँ औसत तलब ५७ हजार १ सय ३८ डलर छ ।
३. स्विटजरल्याण्डः
जतिबेला हामी स्विटजरल्याण्डबारे कुरा गर्छौं तब हामी त्यहाँको सुन्दरता र रहन–सहनबारे कुरा गर्छौं । तर यो देशमा योभन्दा धेरै कुराहरु छन् जसको लागि यो देश परिचित छ । यहाँ स्वास्थ्य सम्बन्धि विभिन्न कुराहरु र औषधी बनाइन्छ । साथै, यहाँ घडीको निर्माण पनि अत्यधिक मात्रामा गरिन्छ । यहाँ औसत तलब ५७ हजार ८२ डलर छ ।
४. आयरल्याण्डः
आयरल्याण्ड संसारको सबैभन्दा उच्च गुणस्तर जीवन भएको देश मानिन्छ । साथै, यो देश आर्थिक रुपले सबल देश पनि मानिन्छ । यो यूनाइटेड किंगडमको कृषि विभाग मानिन्छ । यसको अर्थव्यवस्था पनि आयरल्याण्डको बलियो प्रोद्योगिकी उद्योगमा निर्भर छ । यहाँ संसारको सबैभन्दा ठूलो भिडियो गेम कम्पनी पनि निकै प्रसिद्ध मानिन्छ । यहाँ ट्याक्स र डिडक्शन सबैभन्दा कम छ । यहाँको औसत तलब ५३ हजार २ सय ८६ डलर छ ।
५. नर्वेः
यहाँको औसत तलब ५१ हजार ७ सय १८ डलर छ । डेनमार्क र नेदरल्याण्ड जस्तै नर्वेले पनि समाजवादी आर्थिक नीति उपयोग गरेकोमा सफलता हाँसिल गरिसकेको छ । प्राकृतिक स्रोतका लागि नर्वे एक धनी देश मानिन्छ । यहाँ निकै राम्रो प्रकारको स्वास्थ्य सुविधा र उच्च स्तरको शिक्षा प्रदान गरिन्छ ।
६. अष्ट्रेलियाः
अष्ट्रेलियामा संघीय न्यूनतम मजदूरी करिब १७ अमेरिकी डलर प्रतिघण्टा छ जुन संसारको कुनै पनि देशमा सबैभन्दा धेरै हो । जब जीडीपीको कुरा आउँछ तब अष्ट्रेलियाको अर्थव्यवस्था संसारको १२ औं अर्थव्यवस्थाको रुपमा चिनिन्छ । यहाँको औसत आय दर ५१ हजार १ सय ४८ छ ।
७. नेदरल्याण्डः
प्रतिव्यक्ति जीडिपीको कुरा गर्नुपर्दा नेदरल्याण्ड संसारको सबैभन्दा धनी देशमध्येको एक हो । यो देश डेनमार्क जस्तै हो किनभने यहाँ उच्च कर भुक्तानी गरिन्छ । यसको अर्थव्यवस्था अन्तर्राष्ट्रिय व्यापारमा आधारित छ जुन जर्मनी र बेलायतजस्ता देशलाई यसको निकटताले मद्दत गर्दछ । यहाँ औसत आय ५१ हजार ३ डलर हो ।
८. डेनमार्कः
डेनमार्कको अर्थव्यवस्था बलियो र विविध छ जसले देशको उच्च स्तरको जीवनशैलीका लागि योगदान गर्दछ । डेनमार्क काम गर्न सबैभन्दा राम्रो स्थान मानिन्छ । यहाँको औसत आय दर ४९ हजार ५ सय ८९ डलर हो ।
९. क्यानडाः
क्यानडा आकार र जनसंख्या दुबै क्षेत्रमा एक ठूलो देश हो । यस हिसाबले यहाँको अर्थव्यवस्था पनि संसारको एक ठूलो अर्थव्यवस्थाको नामले परिचित छ । यो देश तेलका साथै थुप्रै प्राकृतिक स्रोतको धनी मानिन्छ । यो संसारको ९ औं देश हो जहाँ सबैभन्दा धेरै तलब तोकिएको छ । यहाँको औसत आय ४८ हजार १ सय ६४ रहेको छ ।
१०. बेल्जियमः
सबैभन्दा धेरै तलब दिने देशको सूचीमा बेल्जियम पर्दछ । यहाँको औसत आय दर ४८ हजार ९३ डलर रहेको छ ।
http://ift.tt/eA8V8J
Post a Comment
Thanks.