बाहुबली अभिनेता प्रभाषलाई आफ्नो फिल्ममा अनुबन्धित गर्न निर्माताहरुको तँछाड–मछाड सुरु भएको छ। बाहुबलीको सफलतापछि प्रभाषलाई लिएर ठूलो प्रोजेक्टको फिल्म बनाउन निर्माता निर्देशकहरु लागि परेका छन्।
विहेको प्रस्ताव जस्तै प्रभाषलाई फिल्म खेल्ने प्रस्ताव पनि आएका छन् । तर प्रभाषले निर्देशकसँग माग गरेको पारिश्रमिक रकम सुनेर सबैले जिब्रो टोक्ने गरेका छन्। प्रभाषले एउटा फिल्मको लागि ८० करोड भारुसम्म माग गरेको बताइएको छ। उनको माग सुनेर प्रस्तावका लागि आएका निर्माता तथा निर्देशक असिनपसिन भएर नै भाग्ने गरेका बताइएको छ।
हिन्दी फिल्मका सफल निर्माता तथा निर्देशक करण जौहरदेखि थुप्रै व्यक्ति उनलाई आफ्नो आगामी फिल्ममा अनुबन्धित गर्न चाहन्छन्। प्रभासको भविष्यलाई लिएर अनेक टिकाटिप्पणी पनि सुरु भएका छन् । यदि प्रभाषले आफ्नो लोकप्रियता मेन्टेन गर्न नसके उनको करिअर पनि खतरामा पर्ने आँकलन गरिएको छ ।
http://ift.tt/eA8V8J

Post a Comment
Thanks.