ढुवानीमा कीर्तिमानः चार हजार दुधालु गाई विमानमा कतार लगिँदै

काठमाडौं । छिमेकी मुलुकले चालेको कदमले कतारको बाँकी विश्वसँगको व्यापार व्यवधान खडा गरेको छ, परिवारहरुलाई विभाजन गरेको छ अनि लामो समयदेखिको भूराजनीतिक गठबन्धनले अर्कै रुप लिने सम्भावना बढेको छ । तर, यसले एक जना कतारी व्यवसायीलाई खाडीको मरभूमिमा चार हजार दुधालु गाई हवाई जहाजमार्फत ढुवानी गरेर सम्भावित दूध आपूर्ति रोक्न उत्साहित गरेको छ ।

उनको यो कदमलाई प्रतिरोधसँगै साउदीबाट हुने ताजा दूधको आपूर्ति रोकिएपछिको शून्यता हटाउने अवसरको रुपमा हेरिएको छ । यसलाई उड्डयन इतिहासकै सबैभन्दा ठूलो जनावर ढुवानी मानिएको छ ।

औसत पाँच सय ९० किलोग्रामका चार हजार गाई कतार पुर्याउन कतार एयरवेजका ६० भन्दा बढी उडान आवश्यक पर्ने अनुमान गरिएको छ । अस्ट्रेलिया र अमेरिकामा किनिएका ती गाई पावर इन्टरनेशनल होल्डिङका चेयरमेन मौताज अल खायातले कतार लैजान लागेको अन्तर्राष्टिय समाचार संस्थाहरुले बताएको नागरिक दैनिकमा खबर छ ।

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.