रगत सफा गर्ने सरल उपाय

हामीले स्वस्थ रहनका लागि भरसक प्रयास गरे पनि वरिपरिको वातावरणबाट शरीरमा विषालु तत्वले प्रवेश गरिहाल्छन् । यसरी हावा, पानी, माटो, कस्मेटिक, साबुन आदिको माध्यमबाट प्रवेश गरेमा तत्व रक्त प्रणालीमा पुग्छन् । रगतमा पुगेका खतरनाक तत्वलाई छानेर पिसाबबाट बाहिर निकाल्ने काम मिर्गौलाले गर्छ । बारम्बार अधिक मात्रामा विषालु तत्व छान्नु पर्दा मिर्गौलामाथि दबाब बढ्छ । यसैले मिर्गौलाको कार्यबोझ घटाउन हामीले पनि खानपिनमा होस पु¥याउनु जरुरी हुन्छ । शरीरबाट विषालु तत्व सहज रूपमा बाहिर निकाल्न मिर्गौलालाई सहयोग गर्ने केही खाद्य वस्तु निम्न छन् :

लसुन : बढी मात्रामा सल्फर हुने लसुनलाई शरीरको सफाइ गर्ने प्रकृतिको एक उत्तम वस्तु मानिएको छ । कलेजोमा विषालु तत्व विघटन गर्ने विशेष खालको एन्जाइम उत्पादनमा सघाएर लसुनले शरीरबाट ती वस्तु बाहिर निकाल्न महìवपूर्ण भूमिका निर्वाह गर्छ ।
स्याउ : उच्च मात्रामा पेक्टिन हुने स्याउले शरीरबाट विषालु तत्व हटाउन मद्दत गर्दछ । घातक गह्रौँ घातुसँग टाँसिएर पेक्टिनले तिनीहरूलाई शरीरबाट बाहिर निकाल्न योगदान गर्छ । यति मात्रा होइन पेक्टिनले कलोजोमा पित्त उत्पादन बढाउने भएकाले विषालु तत्व विघटन प्रक्रिया सहज बन्छ ।
चुकन्दर : गान्टे मूल जस्तो गाढा रातो रङको चुकुन्दरमा एन्टिअक्सिडेन्ट ठूलो परिणाममा हुन्छ । एन्टिअक्सिडेन्टले घातक फ्रिरेडिकललाई निस्तेज पारेर शरीरको रक्षा गर्दछ । कलेजोलाई सजिलो पारेर रगतको सफाइमा समेत चुकुन्दरले मद्दत पु¥याउँछ ।

गाँजर : गाँजरमा भिटामिन ए, बी ६, सी र के तथा पोटासियम र ग्लुटाथियोन पनि हुन्छ । ग्लुटाथियोन प्रोटिनले कलेजोको सफाइमा ठूलो योगदान गर्छ । पकाउँदा ग्लुटाथियोन नष्ट हुने भएकाले गाँजर काँचै खानु राम्रो ।
कागती : शरीरको सफाइमा कागतीलाई चमत्कारी स्रोत मानिएको छ । बढी पित्त उत्पादन गर्न कागतीले कलेजोलाई उत्प्रेरित गर्छ । बिहान कागती हालेर एक गिलास पानी पिउने गरेमा तपाईंको शरीर सफाइमा ठूलो योगदान पुग्छ ।
आलस : मुटुलाई अत्यन्त आवश्यक ओमेगा–३ फ्याटी एसिडको साह्रै राम्रो स्रोत आलसले रगत स्वस्थ राख्न मद्दत पु¥याउँछ । फाइबर समेत धेरै हुने भएकाले विषालु तत्व शरीरबाट बाहिर निकाल्न आलस उपयोगी हुन्छ । यसअतिरिक्त हरियो सागपात, ब्रोकाउलीले पनि शरीरबाट विषालु पदार्थ बाहिर निकाल्न सहयोग गर्छन् ।- एजेन्सी

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.