१३१ वर्षअघि हराएको संसारको आठौं आश्चर्य अहिले भेटियो

काठमाडौं — संसारमा सात आश्चर्य छन् भन्ने कुरा त तपाईंले सुन्नुभएकै होला । तर आठौं आश्चर्य पनि छ है ।

धेरै वर्षको अनुसन्धानपछि शोधकर्ताहरूले आठौं आश्चर्य भएको ठाउँ पत्ता लगाएका छन् ।

न्युजिल्यान्डको उत्तरी टापुमा रहेको रोटोमेहाना ताल र सेता भ–याङहरू १९औं शताब्दीमा पर्यटको आकर्षणका केन्द्र थिए । टाढाटाढाबाट मानिसहरू यसलाई हेर्न आउँथे ।

यी सिँढीहरू सिलिका र तलछटका सबभन्दा ठूला भण्डार भएको मानिन्थ्यो । सन् १८८६ मा यहाँ एक ज्वालामुखी विस्फोट भएपछि यी सिँढीहरू बर्बाद भएको मानिसले अनुमान गरेका थिए ।

कुनै पनि सरकारी सर्वेक्षणमा यसलाई दर्ता गरिएन । कुन अक्षांश र देशान्तरमा यी सिँढीहरू रहेका छन् भन्ने पनि थाहा हुन सकेको थिएन ।

तर सन् २०१० मा स्विट्जरल्यान्डमा एक भूवैज्ञानिकका डायरी भेटिए । त्यही डायरीको सहायताले रोटेमेहाना तालको विश्वविख्यात सिँढीहरूको ठेगाना पत्ता लाग्यो ।

शोधकर्ताहरूका अनुसार ज्वालामुखी विस्फोटका कारण रोटेमेहाना तालका भ–याङहरू खरानीले ढाकिएका थिए र यी सिँढीहरू तालनजिकैको जमीनमा सतहभन्दा करीब १० मिटर गहिराइमा अवस्थित छन् ।

लोकान्तार बाट लिएको

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.