३९ करोडको लागतमा सुविधासम्पन्न बसपार्क शिलान्यास

दाङ, २९ जेठ । तुलसीपुर उपमहानगरपालिका –५मा रु ३९ करोडको लागतमा सुविधासम्पन्न बसपार्क निर्माण गरिने भएको छ ।

उपमहानगरपालिकाका कार्यकारी अधिकृत टोपेन्द्र केसीले आज यहाँ आयोजित कार्यक्रममा निर्माणाधिन बसपार्क तथा सपिङ कक्ष शिलान्यास गर्नुभएको हो ।

पुरानो बसपार्कलाई सुविधासम्पन्न बनाउने उद्देश्यले उपमहानगरपालिकाले झन्डै आधा दशकअघि बनाएको व्यवस्थित बसपार्कको गुरुयोजना नगर विकास कोषले चार वर्षअघि स्वीकृति दिएको थियो ।

पहिलो चरणमा रु साढे १० करोडको लगानीमा तयार हुने सो बसपार्कमा रु नौ करोड नगर विकास कोषको ऋण, रु एक करोड बैदेशिक अनुदान र रु ५० लाख उपमहानगरपालिकाले लगानी गर्ने भएको छ ।
बसपार्क भित्र टर्मिनल भवन, ५० वटा सपिङ कक्ष तथा सार्वजनिक शौचालय निर्माण गरिने र सडकमा कालोपत्रेका साथै सडक बत्तीसमेत जडान हुने कार्यकारी अधिकृत टोपेन्द्र केसीले जानकारी दिनुभयो ।

पन्ध्र महिनाभित्र काम सम्पन्न गर्ने गरी शिवशक्ति निर्माण कम्पनीलाई कामको जिम्मा दिएको छ ।
तुलसीपुरको नयाँ बसपार्कमा हाल व्यवस्थित बसपार्क नहुँदा निकै समस्या परेको छ । पुरानो बसपार्क वर्षायाममा हिलाम्मे हुने र हिउँदमा धुलोको समस्याका साथै पर्खाल नहुँदा असुरक्षा बढेको व्यवसायीले बताएका छन् । etajakhabar

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.