यसकारण भद्रगोलबाट बेलासे ‘आउट’

काठमाडौं, २९ जेठ । नेपाल टेलिभिनबाट प्रसारण हुँदै आइरहेको हास्यव्यंग्य टेलिश्रृंखला भद्रगोल छोटो समयमै लोकप्रियातको शिखर चुम्न सफल कार्यक्रम मानिन्छ । यो श्रृंखलाका अधिकांश कलाकार अभिनयका कारण लोकप्रिय पनि भएका छन् ।
साँघु साप्ताहिकमा खबर छ– दर्शकको रोजाइमा परेका तिनै चर्चित कलाकारमध्ये एकमा पर्छन, सुवास कार्की ‘बेलासे’ । उनी श्रृंखलामा प्रयोग गर्ने थेगो ‘तनावै तनाव छ, गोजीमा दुई रुपैयाँ छैन’ का कारण चर्चित छन् । आफ्नो अभिनयले दर्शकको मत जित्न सफल बेलासे दर्शकको रोजाइमा परेपनि उनी अब भद्रगोलमा नदेखिने भएका छन् ।

स्रोतका अनुसार, ‘भद्रगोल’ कार्यक्रमबाट बेलासे आउट भएको खबर छ । चलचित्र र टेलिश्रृंखलाहरुमा निर्माताले कलाकारलाई शोषण गर्दै हटाउने गरेका भए पनि भद्रगोलमा ठीक उल्टो दृश्य देखिएको स्रोतले बताएको छ । रोचक के छ भने निर्माता रहेका बेलासेलाई कलाकारहरुले नै निष्कासन गरिदिएका छन् । बेलासेले निर्माताका रुपमा बहन गर्नुपर्ने दायित्व पूरा नगरेपछि उनी कलाकारबाटै हटाइएका हुन् ।
स्रोतका अनुसार, उनले कलाकारलाई पारिश्रमिकबापत दिनुपर्ने महिनौंको तलब दिन आनाकानी गर्दै आइरहेका थिए । महिनौं तलब बिनै काम गरेका कलाकारले बेलासे तलब दिन सकारात्मक नभएपछि उनीबिनै सिरयल सञ्चालन गरेका हुन् ।

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.