भरतपुरको मतपत्र सुरक्षामा दुईवटा ढाडे बिरालो

चितवन, जेठ २५ – भरतपुर महानगरपालिकाकोे मतपत्रको सुरक्षा गर्न बिरालोको प्रयोग गरिएको छ । कभर्डहल भित्र राखिएको मतपत्रलाई मुसाबाट जोगाउनका लागि दुईवटा ढाडे बिरालो राखिएको छ । महानगरको मतगणना भएको कभर्डहल भवन बाहिर प्रहरीले निरन्तर सुरक्षा दिइरहेका छन् । तर भवन भित्र रहेका मतपत्रलाई मुसाबाट जोगाउन बिरालोले सहयोग गरिरहेका छन् ।

मतपत्र गणना गर्नेक्रममा प्रयोग भएको कपडा, कागजी मतपत्र र गणना हुन बाँकी मतपत्र रहेको पेटिकालाई कपडाले घेरिएर राखेको छ । गणना भइसकेका मतपत्र मतपेटिका राखिएको अवस्था छ । २९ वडाका मतपत्र, लामो समयसम्म लगाएर गाणना गर्दा गणक बसेका कपडा लगायतका सामग्री हल भित्र छन् ।

मतपत्र च्यातिएपछि स्थागित भएको गणनास्थल मुचुल्का उठाउन र च्यातिएको संख्या गाणना गर्न एक दिन एकछिन खोलिएपछि भवन खुला भएको छैन । भवनको मुल गेटमा ताला लगाइएको छ । भवनको गेटमा निर्वाचन कार्यालय र मतगणनाको माग गर्दै आएको नेकपा एमालेले छुटाछुटै ताला लगाएको छ ।

खुला भवन वरपर खुला चौर र बर्षातको समय झाडी बढेका कारण हलभित्र मुसा पस्न सक्ने सम्भावना छ । मुसाका कारण मतपत्र असुरक्षित महसुस भएका कारण दुईवटा बिरालोलाई हल भित्र जाने आउने वातवरण बनाइएको छ । दुईवटा विरालो भवन भित्र रहेका कारण मुसा आउने सम्भावना कम छ ।

बिरालाकै कारण मुसाबाट मतपत्र सुरक्षित भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख दिपक थापाले बिरालोले मुसा आउन नदिएपछि ढुक्क भएको बताउनुभएको छ । गणना स्थल नजिकै रहेको होटलमा रहेका बिरालालाई मतपत्र भएको हल भित्र जाने वातावरण बनाएको उहाँले बताउनुभएको छ ।

दलका प्रतिनिधिहरु पनि रातको समयमा मतपत्र सुरक्षाका लागि कवर्ड हल बाहिर बस्ने गरेका छन् । गएको जेठ १४ गते राति भरतपुर १९ को मतपत्र च्यातिएपछि भरतपुर १९ र २० को गणना हुन बाँकी मत सुरक्षित राखिएको छ । निर्वाचन आयोगले मतदान गर्ने निर्णय दिएको र सर्वोच्च अदालते २८ गते सम्म रोक्न आदेश दिएको छ । ujyaaloonline

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.