नेपाली भाषी रहेको ठाउँ दार्जिलिङमा भयो ठुलो तनाव, यसकारण भयो आर्मी परिचालन भिडियो हेर्नुहोस अहिले त्यहाँको स्थति यस्तो छ

बंगाली भाषालाई राज्यका विद्यालयमा अनिवार्य गर्ने सरकारी निर्णय विरुद्ध दार्जिलिंगमा व्यापक प्रदर्शन शुरु भएको छ।हिजोदेखि हिंसा भड्कन शुरु भएपछि राज्य सरकारले सेना परिचालन गरेको छ। विगत ५ वर्षदेखि शान्त रहेको दार्जिलिंगमा हिजोदेखि फेरि हिंसा भड्किएको सुरु भएको हो।

प्रदर्शनकारीले कयौं गाडीमा आगजनी गरेका छन् भने सडक ढुङ्गा र इँटाले ढाकिएको छ। दार्जिलिंग गभर्नर निवासमा बङ्गाल मुख्यमन्त्री ममता बेनर्जीले बंगाल मन्त्रिपरिषदको बैठक आयोजना गर्दैगर्दा प्रदर्शन सुरू भएको थियो।बंगाल सरकारले दार्जिलिंगमा ४४ वर्ष पछि पहिलो पटक क्याबिनेट बैठक आयोजना गरेको थियो l बंगाली भाषालाई विद्यालयमा अनिवार्य गराउने राज्य सरकारको निर्णयविरुद्ध दार्जिलिंगमा व्यापक विरोध भएको हो।

ममता बेनर्जी सरकारले उक्त निर्णय लिनुको पनि कारण थियो। केन्द्रीय सरकारको संसदीय समितिले हिन्दी भाषालाई भारतका सबै विद्यालयमा अनिवार्य गर्ने प्रस्ताव गरेपछि त्यसबाट तर्सिएर बेनर्जीले उक्त निर्णय लिएकी थिइन्। धेरैले बेनर्जी त्यसरी तर्सिहाल्नु पर्ने कारण नभएको बताउँछन्।

गोर्खा जनमुक्ति मोर्चाले हिजोदेखि अत्यन्त ठूलो प्रदर्शन शुरु गर्यो र प्रहरीसँग दोहोरो भिडन्त शुरु भयो। घटनमा ५० जना प्रहरी घाइते भएका छन्। प्रहरीले बनाएका सुरक्षा पर्खाल भत्किएका छन्।हिजो साँझ राज्य सरकारले सेनालाई गुहार्यो। अहिले अवस्थामा केही सुधार भएको छ।

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.