कतारले अरब राष्ट्रहरुसामु ‘आत्मसमर्पण’ नगर्ने

साउदी अरेबिया सहित आफ्ना अरब छिमेकी देशहरुबाट नाकाबन्दी बेहोरिरहेको कतारले दबाबका सामु आफ्नो विदेश नीति उसकै शब्दमा ‘आत्मसमर्पण’ नगर्ने जनाएको छ।

विदेश मन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान अल थानीले आफु कुटनैतिक माध्यमबाट समस्याको समाधान गर्ने पक्षमा रहेको र विवादको कुनै सैनिक समाधान नरहेको बताएको रोयटर्सले उल्लेख गरेको छ।

आफ्नो देश इस्लाम अतिवादीको अगुवा समर्थक रहेको भन्ने आरोपलाई कतारले अस्वीकार गरेको छ।

बिहीबार दोहामा सम्वाददाताहरुसंग बोल्दै उनले कतारलाई सफल र प्रगतिशील भएका कारण एक्ल्याउन खोजिएको बताए।

“हामी शान्ति न कि आतंकवादको मञ्च हौं। यो विवादले पूरै क्षेत्रको स्थिरता खल्बल्याइदिएको छ। तर हामी आफ्नो विदेश नीति आत्मसमर्पण गर्न कहिले तयार हुनेछैनौं,” उनले भने।

उनका अनुसार कतारलाई आवश्यक खाना तथा पानी आपूर्तिका निम्ति आफ्नो तीनवटा बन्दरगाह प्रयोग गर्न इरानले भनेको छ। तर उक्त प्रस्ताव स्वीकारि नसकिएको उनले बताए।

कतार खानेकुराका निम्ति आयातमा निकै निर्भर छ। संकटका कारण त्यहाँ मानिसले खाना जम्मा गर्ने क्रम बढ्दा अभाव हुन थालेको छ।

शेख मोहम्मदले कतारले यस्तो अनुभव पहिले कहिल्यै नगरेको बताएका छन्।
सूची

अतिवादीसँग साँठगाँठ रहेको आरोप लगाउँदै कतारसँग दौत्य सम्बन्ध तोडेका चार अरब देशहरुले कतारसँग जोडिएका ६० भन्दा बढी व्यक्ति र १२ संस्थालाई आफ्ना आतंकवादीको सूचीमा राखेका छन्।

साउदी अरेबिया, युएई, इजिप्ट र बहरेनले भनेका छन् सूचीमा मुस्लीम ब्रदरहुडका आध्यात्मिक नेता युसेफ अल करादावीको नाम पनि राखिएको छ।

यसअघि इजिप्टले कतारले आफ्ना राजपरिवारका सदस्यलाई इराकमा बन्धक बनाइएपछि मुक्त गर्न एक अर्ब डलर फिरौती तिरेको भन्ने आरोपको छानबिन गर्न राष्ट्रसंघीय सुरक्षा परिषदलाई आग्रह गरेको थियो।
समाधानका प्रयास

कुवेतका अमीरले विवादको समाधानका लागि मध्यस्थ गर्ने प्रयास गरेका छन्।

साथै कतारका विदेश मन्त्री शेख मोहम्मद शनिबार रुसी विदेश मन्त्री सेर्गेइ लाभ्रोभसंग वार्ता गर्न मस्को जान लागेको रुसले बताएको छ।

बीबीसीका कुटनीतिक सम्वाददाता जेम्स रबिन्स भन्छन् यो क्षेत्रमा कतारका अमीरले पछ्याएका नीति यहाँका कतिपय कट्टर शासन प्रणाली भएका छिमेकीहरुलाई निको लागेको छैन। खासगरि सुन्नी मुसलमानको शासन भएको शक्तिशाली साउदी अरेबियालाई यो रुचेको छैन।

कतारी शासकको वेग्लै प्रकारको विदेश नीतिलाई उसले सुन्नी ऐक्यबद्धतामाथि खतरा ठानेको छ किनभने कतारी अमीर र मन्त्रीहरुले सो क्षेत्रको अर्को क्षेत्रीय शक्तिराष्ट्र शिया मुसलमान बहुल इरानसंग वार्ता र सम्बन्ध सुधारका प्रयत्न थालेको उनीहरु ठान्छन्।

त्यस्ता प्रयत्नबाट साउदी अरेबियाले निकै क्रुद्ध बनेको छ। साथै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको साथ आफुहरुलाई मिल्ने ठानेको साउदी अरेबियालाई त्यसले यस्ता कदम चाल्न थप मिलेको रबिन्सको विश्लेषण छ।

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.