एसइइको नतिजा एक साताभित्र

भक्तपुर,जेठ २५ – परीक्षा नियन्त्रण कार्यालय, सानोठिमीले गत चैतमा लिइएको माध्यामिक शिक्षा परीक्षा (एसइइ) को नतिजा सार्वजनिकको अन्तिम तयारी गरेको छ । एक साताभित्र नतिजा सार्वजनिक गर्ने तयारीका साथे काम भइरहेको कार्यालयले जनाएको छ । कार्यालयले हाल तथ्याङ्क प्रशोधन र रुजूको काम गरिरहेको परीक्षा नियन्त्रण अम्बिका रेग्मीले जानकारी दिए ।

उनले भने, “जतिसक्दो छिटो नतिजा सार्वजनिक गर्न काम भइरहेको छ, कुनै समस्या आएन भने असारको सुरुमै नतिजा सार्वजनिक गछौँ, नतिजा सार्वजनिक गर्दा कुनै त्रुटि नहोस भनेर काम भइरहेको छ ।”
संशोधित शिक्षा ऐनअनुसार कक्षा १२ सम्म माध्यामिक शिक्षा कायम भएपछि यस वर्षदेखि लागू भएको कक्षा १० को विगतमा प्रवेशिका ९एलएलसी० भनिने परीक्षा माध्यमिक शिक्षा परीक्षामा रुनान्तरण भएको थियो ।
परीक्षामा देशभरबाट दुई लाख ५९ हजार ७३२ छात्र र दुई लाख ७८ हजार ४५० छात्रा गरी कूल पाँच लाख ३८ हजार १८२ परीक्षार्थी थिए । रासस

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.