ज्यानमारा रुख ! यसबाट टाढै रहनु बेस्

काठमाडौं, । प्रकृतिको हरियाली सबैलाई प्यारो लाग्छ । अझ गर्मीमा हरियो रुखको छहारीमा बस्न कसलाई मन लाग्दैन र ? तर केही रुख यति खतरनाक हुन्छन्, जसको छेउछाउमा पुग्नु पनि मानिसका लागि मृत्युको कारण बन्न सक्छ ।

सामान्य रुख झै देखिने ‘सरबेरा ओडोलम’ ज्यानमारा रुख मानिन्छ । हेर्दा सुन्दर लाग्ने यो रुखले मानिसलाई स्वाभाविक रुपमा आकर्षित गर्छ तर यो रुख यति खतरनाक हुन्छ कि, यसको सम्पर्कमा पुग्ने मानिसको ज्यान जोखिममा पर्दछ ।

यो रुखकै कारण प्रत्येक हप्ता कम्तीमा पनि एक जनाको मृत्यु हुने गरेको बताइन्छ ।

यो रुख निकै विषालु हुन्छ । वैज्ञानिकहरुका अनुसार विश्वमै पाइने विषालु रुखमध्ये यो सर्वाधिक खतरनाक हो ।

यो रुखमा रहेको विष मानिसको शरीरमा प्रवेश गरेमा मुटुको धडकन बढ्ने, वाकवाकी लाग्ने, टाउको दुख्नेजस्ता समस्या हुन्छ । यसले हृदयको कार्य प्रणाली र एन्जाइम्सलाई चाँडै असर गर्दछ । जसका कारण मानिसको मृत्यु हुन्छ ।

वैज्ञानिकहरुका अनुसार यो रुखमा पाइने विष मानिसको शरीरमा प्रवेश गरेमा कुनै विषालु इन्जेक्सनसरह मानिसका लागि मृत्युको कारण बन्दछ ।

यो रुख भारतसहित दक्षिण पूर्वी एसियाका केही मुलुकमा पाइन्छ ।dainikonline (एजेन्सी)

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.