काठमाडौं महानगरको मेयर र उपमेयर शहर सरसफाइ अभियानमा निस्किए.

काठमाडौं, १८ जेठ । काठमाडौं महानगरको मेयरमा विजयी भएका विद्यासुन्दर शाक्य र उपमेयरमा विजयी भएकी हरिप्रभा खड्गी एका बिहानै शहर सरसफाइ अभियानमा निस्किएका भेटिए । बुधबार मात्रै पदबहाली गरेका मेयर, उपमेयर आफूहरुको ‘क्लिन काठमाडौं अभियान’लाई ठोस रुपमा लागू गर्न सरसफाइमा निस्किएका हुन् । उनीहरुले काठमाडौं शहरलाई सफा सुन्दर बनाउन बुढानिलकण्ठ महानगरको सीमानबाट सफाई अभियान शुरु गरेका छन् । शहरलाई सफा, हराभरा र सुन्दर बनाउन आफूहरुको अभियान निरन्तर जारी रहने मयेर शाक्यले बताए । त्यसैगरी उपमेयर हरिप्रभा खड्गीले शहरलाई सफा राख्नु प्रत्येक नागरिकको कर्तब्य रहेको बताइन् ।

विहीबार बिहान महारागञ्ज चोकदेखि बासबारीसम्मको दृष्य हेर्न लायक थियो । अरुबेला कुरा मात्र गर्ने नेताहरु विहीबार हातमा कुचो बोकेर सडकमा निस्किएका दृश्य देखिए । सफाइ अभियानमा मेयर, यपमेयर तथा वडा सदस्यहरुलगायत स्थानीयको बाक्लो उपस्थिति रहेको थियो । काठमाडौं महानगरपालिकाले थालेको ‘क्लिन द सिटी’ अभियानमा मेयर, उपमेयर लगायत सरिक भएर सफा गरेको देख्दा अब यो अभियानले मुर्त रुप पाउने आशा पलाएको स्थानीयले बताएका छन् ।

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.