साउथ फिल्मका आठ भाइ बहिनीका जोडी, कोही हिट छन् कोही फ्लप !

काठमाडौं, २९ जेठ । दक्षिण भारतीय चलचित्रमा केही यस्ता भाई बहिनीका जोडि छन् । जसमा कुनै हिट छन् त कुनै फ्लप छन् । यी मध्य केहीले फिल्ममा चर्चा कमाएका छन् भने कोही खरो उत्रन समेत पाएनन् । हेर्नुहोस् साउथ फिल्मका ८ हिट र फ्लप भाइ बाहिनी ः

१. चिरन्जीवी र पवन कल्याण

चिरन्जीवी र पवन दाजु भाई हु । ६१ बर्षिय चिरन्जीवी सुपरस्टार हुन् । तर ४५ बर्षिय भाइ पवन दाजु चिरन्जीवीको तुलनामा हिट छैनन् । पवनले साउथका केही फिल्ममा काम गरेका छन् । चिरन्जीवीले सन् १९७९ मा फिल्म ‘पुनधिरल्लु’ बाट आफ्नो करिअर शुरु गरेका थिए । तर उनको रिलिज भएको पहिलो फिल्म भने ‘प्रणाम खरीदु’ हो । उनले ‘मन वोरी पान्डावुलु’, ‘इदी कथा कादु’, ‘सुभालेखा’, ‘कैदी’ लगायतका फिल्ममा काम गरेका छन् । चिरन्जीवीले सन् १९९० मा ‘प्रतिबन्ध’ फिल्मबाट बलिउडमा डेव्यू गरेका थिए ।
पवन कल्याणले ‘अक्क्डा अम्मई इक्कडा अब्बाई’ फिल्मबाट डेव्यु गरेका थिए । यसका साथै उनले ‘गोकुल्लाम्मो सिता’, ‘गोकुलाथिल सीथई’, ‘ठोली प्रेमा’, ‘थुमुदु’, ‘जलसा’, ‘तीन मार’ लगायतका केही फिल्ममा काम गरेका छन् । पवनका फिल्म पनि हिट भएका छन् । तर उनका दाजुको तुलनामा उनी हिट छैनन् ।

२. काजल र निशा अग्रवाल

३१ बर्षिय काजल अग्रवाल साउथ फिल्मकी हिट अभिनेत्री हुन् । तर उनकी २८ बर्षिय निशा अग्रवाल भने काजलको तुलनामा हिट छैनन् । काजलले ‘लक्ष्मी कल्याण’, ‘मगधिरा’, ‘मिस्टर परफेक्ट’, ‘थुप्पाकी’, ‘नायक’, चन्दामामा’ जस्ता हिट फिल्ममा काम गरेकी छन् । निशाले ‘यमैंदी ई वेला’, ‘सोलो’, ‘इष्टम’, ‘भैया भैया’ लगायतका फिल्ममा काम गरेकी छन् ।

३. सूर्या र कार्ति

४१ बर्षिय सूर्या र ४० बर्षिय कार्ति दाजु भाई हुन् । सूर्या चलेका सुपरस्टार हुन् । तर, उनका भाई कार्ति भने उनको तुलनामा सफल छैनन् । सूर्याले सन् १९९७ मा फिल्म ‘नेररुक्कु’ बाट डेव्यू गरेका थिए । यसका साथै उनले ‘नन्दा’, ‘उन्नई निनैथु’, ‘मौनम पेसीयधे’, ‘काका काका’, ‘गजनी’ लगायतका हिट फिल्ममा काम गरेका छन् । कार्तीले ‘परुथिवीरण’, ‘आयीराठइल अरुवन’, ‘सिरुथई’, एलेक्स पान्डियन’ लगायतका फिल्ममा काम गरेका छन् ।

४. नगमा र ज्योतिका

४५ बर्षकी नगमा साउथ फिल्ममा चलेकी अभिनेत्री हुन् । उनी बहिनी ज्योतिका (३८ बर्ष) लाई दिदीको झै सफलता मिलनेन । नगमाले १९९० मा फिल्म ‘बागी’ बाट करिअर शुरु गरेकी थिइन् । उनले बलिउडका केही फिल्ममा समेत काम गरेकी छन् । तर उनका बलिउड चलचित्र त्यती सफल हुन सकेनन् । उनका साउथ फिल्म भने हिट छन् । उनले ‘घरना मोगुडु’, ‘अल्लरी अल्लुडु’, ‘अरविंधन’, ‘अल्लारी रामुडु’ लगायतका चलचित्रमा काम गरेकी छन् । उनी फिल्मका साथै राजनीतिमा समेत सक्रिय छिन् । ज्योतिकाले सन् १९९८ मा आएको फिल्म ‘डोली सजा के राखना’ बाट डेव्यू गरेकी हुन् । त्यो फिल्म सुपरफ्लप भयो र उनी पनि साउथ फिल्ममा फर्किइन । उनले ‘वाली’, ‘पुवेल्लम केत्तुप्पर’, ‘खुसी’, ‘थेनाली’, ‘स्टार’ लगायतका फिल्ममा काम गरेकी छन् ।

५. पृथ्वीराज सकुमारन र इन्द्रजीत सुकुमारन

३४ बर्षिय पृथ्वीराज साउथ फिल्मका सुपरस्टार हुन् । तर, ३६ बर्षिय उनका दाजु इन्द्रजीत भने हिट नायककारुपमा गनिदैनन् । पृथ्वीराजले ‘केना कन्देन’, ‘मोजही’, ‘वेल्लीथेराई’, ‘निनैथाले इन्निक्कम’ लगायतका फिल्ममा काम गरेका छन् । इन्द्रजीतले ‘उमामप्नेनिनु उरियाडप्पियां’, ‘मिशा माधवन’, ‘रनवे’, ‘क्लासमेट’, ‘छोटा मुम्बई’ लगायतका फिल्ममा काम गरेका छन् ।

६. आरती अग्रवाल र अदिति अग्रवाल

आरती अग्रवाल अहिले संसारमै छैनन् । उनले साउथका केही सुपरहिट चलचित्रमा काम गरेकी थिइन् । उनले ‘नव्वु नाकु नाचव’, ‘अल्लारी रामुडु’, ‘बाबी’, ‘विनर’, ‘छत्रपति’, ‘गोरिनटकु’ लगायतका फिल्ममा काम गरेकी छन् । ३० बर्षीय उनकी बहिनी चलचित्र उद्योगमा आफ्नो पहिचान बनाउन असफल भइन् । ‘गंगोत्री’, ‘कोडुकु’, ‘विद्यार्थी’, ‘एम बाबु लड्डु कावला’ फिल्ममा काम गरेकी छन् ।

७. कार्तिका नायर र तुलासी नायर

कार्तिका (२४ बर्ष) साउथकी हिट अभिनेत्री हुन् । उनले ‘जोश’, ‘को’, ‘धामू’, ‘अन्नाक्कोडी’, ‘वृन्दावना’ लगायतका फिल्ममा काम गरेकी छन् । उनकी १९ बर्षिय बहिनी तुलासीले सन् २०१३ मा फिल्म ‘कादल’ बाट डेव्यू गरिन् । यसका साथै उनले ‘यान’ मा काम गरेकी छन् । उनका दुवै फिल्म असफल रहे ।

८. श्रुति हासन र अक्षरा हासन

श्रुति हास (३१ बर्ष) ले बलिउड साथै साउथ फिल्ममा काम गरेकी छन् । बलिउडमा उनी खरो उत्रन सकिनन् । तर साउथ फिल्ममा भने उनी चलेकी हिट अभिनेत्री हुन् । उनकी बहिनी अक्षरा (२५ बर्ष) ले बलिउडमा दुई फिल्ममा अभिनय गरेकी छन् । उनले बलिउड चलचित्र ‘षमिताभ’ र ‘लाली की शादी मनें लड्डु दिवाना’ मा काम गरिन् । तर दुवै फिल्म फ्लप रहे । उनले तामिल फिल्म ‘विवेगाम’ मा काम गरिन् । श्रुतिले ‘अनगनगा ओ धीरुदु’, ‘ओ माइ फ्रेण्ड’, ‘येवदु’, ‘बलुपू’ लगायतका फिल्ममा काम गरकी छन् । उनले बलिउड फिल्म ‘लक’, ‘दिल तो बच्चा है जी’, ‘डी डे’, ‘वेलकम व्याक’ लगायतका फिल्ममा काम गरेकी छन् । एजेन्सी

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.