यसरी पार्नुहास धनकी देवि लक्ष्मीलाई खुसी, धन कमाउने ७ उपाय

जेठ २८ – लक्ष्मीलाई धनकी देवी भनिन्छ । लक्ष्मीको पुजा गरे धनी भइने जनविश्वास रहेको छ । यहाँ लक्ष्मीलाई खुसी तुल्याउने केही तरिका प्रस्तुत गरिएको छ ।

घरमा कुवेरको मुर्ति राख्दा लक्ष्मी खुसी हुने विश्वास गरिन्छ । खासमा कुवेर पनि धनका मालिक हुन् र उनले लक्ष्मीको रक्षा गर्छन् । र कुवेरको मुर्ति राखिएको स्थान सफा हुनु पर्छ ।

श्रीफल भनिने नरिवल चढाउँदा लक्ष्मी सबैभन्दा खुसी हुने धर्म शास्त्रमा उल्लेख छ । श्रीफलको अर्थ पनि लक्ष्मी नै हो । यो नरिवल सामान्य नरिवल भन्दा सानो हुन्छ ।

त्यसै गरी पारोले बनाइएका जुन सुकै चित्र वा तस्विर पनि लक्ष्मीका लागि विशेष मानिन्छन् । घरमा पारोले बनेको लक्ष्मीको मुर्ती राख्नु निक्कै फलदायी मानिन्छ ।

लक्ष्मी समुन्द्रबाट उत्पत्ती भएको मानिन्छ । मुंगा पनि समुन्द्रकै उत्पादन भएका कारण मुंगा लक्ष्मीलाई चढाउँदा धन प्राप्ती हुने विश्वास गरिन्छ ।

त्यसैगरी चाँदीले बनेका लक्ष्मी र गणेशको मुर्ति सँगै राख्दा निक्कै फलदायी मानिन्छ । तर यस्ता मुर्तिको पुजा भने दैनिक रुपमा गरिनु पर्छ ।

श्री यन्त्रको प्रयोग पनि लक्ष्मी खुसी पार्ने अचुक उपाय हो । यसको पुजा गर्दा लक्ष्मी खुसी हुने जनविश्वास छ ।

कमलको वियों लक्ष्मीलाई चढाउँदा फलदायी हुने विश्वास छ । यसले घरमा धनको वृद्धि हुने मानिन्छ ।
–हाम्रोदेश डट कम

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.