घरदेशी र परदेशीको सम्बन्ध बिग्रिनुको कारणः फोन नउठ्नुदेखि फेसबुकमा अरुसँग बसेका फोटो राख्नुसम्म

जेठ २९ – धादिङकी दिलमायाका श्रीमान वैदेशिक रोजगारीका लागि मलेसिया गएको ३ वर्ष भयो । सुरुका दिनमा श्रीमान र श्रीमतीको सम्बन्ध राम्रो थियो । दुई छोराको पढाईका बारेमा पनि श्रीमानले सोधिरहनुहुन्थ्यो उहाँलाई ।

मिलेर बसेको परिवारमा एकाएक शंका सुरु भयो । शंका सुरु हुनुको कारण थियो फोन । श्रीमतीलाई फोन गर्दा फोन व्यस्त भएको र फोन उठाउँदा केटाको आवाज सुनको भन्दै श्रीमानले दिलमायालाई गाली गर्ने, मार्छु भन्ने र घरबाट निस्केर जा भन्न थालेपछि श्रीमान श्रीमतीको बोलीचाली नै बन्द भयो ।

श्रीमान श्रीमतीबिचको कुरा दुई जनामा मात्रै रहेन । यो कुरा उहाँका छोराहरुले थाहा पाए । त्यसैले जेठो छोरा कमाउन भन्दै काठमाडौं गए भने कान्छो छोरा पनि पढ्न जान मान्दैनन् । श्रीमतीलाई फोन नगरेपनि उनले छिमेकी र घर परिवारलाई फोन गरेर श्रीमतीको बारेमा चासो राख्न थालेपछि अर्को समस्या थपियो ।

अनि छिमेकी र परिवारका सदस्यले पनि सम्बन्धका बारेमा कुरा गर्न थालेपछि समस्या झन जटिल भयो । दिलमायालाई श्रीमानले फोन गर्न छोडेको एक वर्ष भयो ।

दिलमाया जस्तै छ हरिमाया पनि अवस्था पनि । केटासँग बोलेको, राम्रो कपडा लगाएर हिँडेको र फोनमा व्यस्त बनेकोे भन्दै श्रीमानले उनलाई पनि शंका गर्न थाले । परपुरुषसँग सम्बन्ध रहेको भन्दै घर छोडेर जान भनेका श्रीमानले फोन र पैसा दुवै बन्द गरे । शंका गर्ने क्रम एकोहोरो छैन ।

घरकी श्रीमतीले पनि विदेश गएकाहरुलाई पनि उत्तिकै शंका गर्छन । हरिराम साउदी अरब गएको तीन वर्ष भयो । सुरु त परिवारसँगको सम्बन्ध राम्रो थियो । तर श्रीमतीले शंका गर्न थालेपछि उहाँको सम्बन्ध बिग्रियो ।

श्रीमानले फोन नगरेको, फोन गर्दा नउठाएको र फेसबुकमा केटीसँग बसेको फोटा राखेको भन्दै यता श्रीमतीले गाली गर्ने, रिसाउने र बोल्ननै छाडेकी छिन् । वास्तविकता नबुझी अर्काको कुरा सुन्नाले सम्बन्ध बिग्रिएको छ ।
शंका भनेको के हाे ?

शंका गर्नु मानवीय स्वभाव भएपनि अविश्वास भएपछि शंका बढ्ने मनोविदहरु बताउँछन् । मनोविद करुणा कुँवरका अनुसार चाहिने कुरामा शंका गर्नु ठिकै भएपनि चाहिने भन्दा पनि बढी शंका गर्नु भनेको चाहिँ आफ्नै लागी घातक हो ।

श्रीमान विदेश गएपछि बढी चियो चर्चो गर्ने, फोन गर्ने समय फरक पर्‍यो भने शंका गर्ने, अरुसँगै भेट्न गए कि ? कोठामा अरुलाई ल्याएको पो छ कि, अलि ठुलो स्वरमा बोल्दा पनि अरुसँग सम्बन्ध भएकाले आफूसँग झर्कियो भन्ने सोच्दा सम्बन्ध बिग्रिने गरेको मनोविदहरु बताउँछन् ।

यस्तै विदेशमा भएका श्रीमानहरुले श्रीमतीमाथि शंका गरेर नक्कली फेसबुक एकाउण्ट बनाएर कुरा गर्ने, आफूसँग काम गर्ने साथीलाई श्रीमान वा श्रीमतीको मन चोर्न लगाएका घटनाका कारण सम्बन्ध बिग्रिएको भेटिएको वैदेशिक रोजगारीका क्षेत्रमा काम गर्ने संस्थाहरुले गरेको अध्ययनले देखाएको छ ।

सुरुमा शंका सामान्य लागेपनि बढ्दै गएर सम्बन्ध नै बिग्रिने भएकाले यसमा सचेत हुन मनोविद कुँवरको आग्रह छ ।
(खबरमा उल्लेखित नाम उहाँहरुकै आग्रहमा परिवर्तन गरिएको हो ।) ujyaaloonline.com

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.