आकाशमै जन्मियो बच्चा !

एजेन्सी । साउदी अरबको दम्मासबाट भारतको कोच्ची आउँदै गरेको जेट एयरवेजको विमानमा एक महिलाले बच्चा जन्माएकी छिन् । विमान आकाशमै छँदा महिलालाई सुत्केरी व्यथा लागेको थियो ।

जेट एयरवेजका अनुसार विमान ३५ हजार फिट उचाइमा उडिरहँदा बच्चाको जन्म भएको थियो । त्यसपछि विमानलाई मुम्बइ एयरपोर्टमा आकस्मिक अवतरण गरिएको बीबीसीले जनाएको छ । मुम्बइमा अवतरणपछि आमा र बच्चा दुबलाई होली स्पिरिट अस्पतालमा भर्ना गरिएको छ ।

जेट एयरवेजले ति बच्चालाई आजीवन जेट एयरवेजमा यात्रा गर्न शुल्क नलिने घोषणा गरेको छ ।जेट एयरवेजले एउटा फ्रि पास जारी गरेको छ जसको प्रयोगबाट उनले आजीवन जेट एयरवेजमा निशुल्क उड्न पाउनेछन् ।

टर्की एयरलाइन्सको एक विमानमा पनि गएको अप्रिल महिनामा एक महिलाले बच्चा जन्माएकी थिइन् । जेट एयरवेजमा भने यो पहिलो घटना हो ।

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.