रेशम चौधरीले फेसबुकबाट भने – बिरोध नगर, बरु हेर्न आऊ, निशुल्क भात खुवाउँला !

काठमाडौं, ६ असार – सरकारले कैलाली घटनाका ‘मुख्य अभियुक्त’ भनिएका रेशम चौधरीको परिवारलाई क्षतिपूर्ति दिएपछि अहिले अहिले देशभरबाट आलोचना भइरहेको छ ।

सरकारले उनको परिवारलाई १ करोड ७४ लाख क्षतिपूर्ति दिएको छ । टीकापुर घटनाको भोलिपल्ट ०७२ भदौ ८ गते भएको आगजनीका पीडितलाई राहत दिने क्रममा सरकारले चौधरीलाई सबैभन्दा बढी रकम उपलब्ध गराएको हो ।

रेशम अहिले भारतमा बस्दै आएका छन् । रेशमका बुवाले सरकारले दिएको उक्त रकम बुझेका छन् ।

यसैबीच, रेशमले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै आफ्नो विरुद्ध खनिएकाहरुप्रति आक्रोश प्रकट गरेका छन् । उनले टिकापुर घटनाको क्रममा फुलवारी रिसोर्ट, एफएम र जलेका तस्वीरहरु हेर्न आलोचहरुलाई आग्रह गरेका छन् ।

सरकारबाट पाएको रुकम पुरस्कार स्वरुप नभइ क्षतिपूर्ति स्वरुप पाएको उनले बताएका छन् । यस्तो सन्देश लेखेका उनले सामाजिक सञ्जालमै केही तस्वीरहरु समेत राखेका छन् ।

प्रहरी वरिष्ठ उपरीक्षक लक्ष्मण न्यौपाने, केशव बोहरा र बलराम विष्ट गरी दुईजना प्रहरी निरीक्षकसहित ८ सुरक्षाकर्मी र एक दूधे बालकको कैलाली घटनामा हत्या भएको थियो ।

भोलिपल्ट उत्तेजित भीडले रेशम चौधरीको फूलबारी एफएम, फूलबारी कटेज र एउटा मोटरसाइकलमा आगजनी गरेको थियो ।

रेशमका बुबा लालवीर चौधरीले शुक्रबार क्षतिपूर्तिबापतको रकम बुझेका हुन् । साभार : लोकान्तर

http://ift.tt/2tEmB8I
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.