हेटौँडा उपमहानगरले गर्‍यो अहिलेसम्मकै राम्रो निर्णय, जग्गा दलालहरू चकित

हेटौडा, १८ जेठ । हेटौंडा उपमहानगरपालिकाका नवनिर्वाचित मेयर, उपमेयर र वडाअध्यक्षहरूको बैठकले हेटौंडामा अब बन्ने घरको आगनका कम्तिमा तीनवटा बिरुवा हुर्काउनुपर्ने निर्णय गरेको छ ।

हेटौंडाका मेयर हरिबहादुर महतको अध्यक्षतामा बुधबार बसेको नगरकार्यपालिकाको बैठकले हरेक घर निर्माण गरिसकेको सम्पन्नता प्रमाणपत्र उपमहानगरबाट लिनका लागि तीनवटा बिरुवा हुर्काउनुपर्ने निर्णय गरेको हो । महत एमालेका तर्फबाट निर्वाचित भएका हुन् ।

सामाजिक सुरक्षाभत्ताको रकम हेटौंडा उपमहानगरपालिकाका बृद्धबृद्धालाई कर्मचारिले घरघरमा नै पुर्‍याउने निर्णय भएको छ । बैंकमा लाईन बस्नुपर्ने र टाढाबाट बैंकमा धाउनुपर्ने बाध्यता भोग्दै आएका बृद्धबृद्धालाई सजिलो होस भन्ने उदेश्यले घरघरमा नै लगेर बृद्धभत्ता वितरण गर्ने निर्णय भएको हेटौंडा उपमहानगरपालिकाका प्रवक्ता शंकर उपाध्यायले जानकारी दिए ।

हेटौंडामा तत्कालका लागि जग्गा प्लटिङ स्वीकृत नदिइने निर्णय पनि भएको छ । जताततै खेतियोग्य जमिन समेत प्लटिङ गर्दै घडेरिका रुपमा बिक्री भइरहेको समयमा अब प्लटिङ स्वीकृत लिनसमस्या हुने भएको छ । यस बिषयमा थप अध्यन गर्नका लागि हेटौंडाका उपमेयर मीना लामाको संयोजकत्वमा समिति समेत गठन गरिएको छ । दैनिक नेपालबाट

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.