किन अनमोल केसीलाई आफ्नो फिल्म खेलाउन सक्दैनन् निर्देशक ? कारण यस्तो छ

काठमाडौँ । नेपाली चलचित्रका अहिले निकै चर्चित र युवाहरुको ढुकढुकी बन्न सफल स्टार नायकहरु यिनै हुन् जसको अभिनयले लठ्ठ पर्छ | दयाहाङ राई, सौगात मल्ल र अनमोल केसी । निर्माता, निर्देशक यी अभिनेतालाई आफ्नो फिल्ममा लिन लालायित मात्र हुँदैनन् हल वितरक र डिजिटल अधिकार क्रेता पनि यिनीहरू अभिनीत फिल्ममा आँखा चिम्लिएर पैसा खन्याउँछन् । त्यसकारण यी तीन हिरो अहिले सर्वाधिक व्यस्त छन् । यी तीन हिरो अचेल को कहाँ, के गर्दै छन् त ?

अनमोल केसी
रोमान्स किङ अभिनेता भुवन केसीपुत्र अनमोल केसी हाल ‘कृ’ फिल्मको सुटिङमा व्यस्त छन् । उनी हत्तपत्त फिल्म साइन गरिहाल्दैनन् । जसकारण उनलाई चाहेर पनि निर्माता, निर्देशकले आफ्नो फिल्ममा अनुबन्धित गर्न सकिरहेका छैनन् । विशेषगरी टिनएजरमाझ लोकप्रिय अनमोलका अहिलेसम्म प्रदर्शित चारवटै फिल्म– ‘होस्टेल’, ‘जेरी’, ‘ड्रिम्स’ र ‘गाजलु’ले निर्मातालाई नाफा दिलाएका छन् । त्यसकारण पनि उनी निकै ‘रिजर्भ’ बस्ने गरेका छन् । कृपछि अनमोलले बाबु भुवनको निर्माण र दिवाकर भट्टराईको निर्देशनमा बन्ने फिल्ममा अभिनय गर्ने बताइन्छ ।

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.