दोस्रो पटक बाबु बने रोनाल्डो, जन्मिए जुम्ल्याहा सन्तान

काठमाण्डौं। चर्चित फुटबल स्टार क्रिस्टियानो रोनाल्डो दोस्रो पटक बाबु बनेको खबर बाहिरिएको छ । पोचुर्गिज टिभि च्यानल एसआइसिलाई उद्धृत गर्दै डेलिमेलले सरोगेट आमामार्फत रोनाल्डो जुम्ल्याहा (एक छोरा र एक छोरी) सन्तानको बाबु बनेको उल्लेख गरेको छ ।

विहिबार जन्मिएका दुई सन्तानको नाम इभा र माटेयो रहेको पोर्चुगिज टिभि एसआइसिले दाबी गरेको छ । यसबारे कुनै आधिकारिक पुष्टि भने भइसकेको छैन भने रोनाल्डोले पनि अहिलेसम्म केही प्रतिक्रिया दिएका छैनन् । यसअघि जन्मिएका पहिलो छोराको जन्मको बारेमा पनि उनले पछि मात्र मुख खोलेका थिए ।

तर विभिन्न पोर्चुगिज वेवसाइट तथा पत्रपत्रिकाले रोनाल्डो बाबु बनेको बारे समाचार लेखेको छ ।

रोनाल्डो पहिलो पटक पनि सरोगेट मदरमार्फत सन् २०१० मा बाबु बनेका थिए । त्यतिबेला जन्मिएका छोरा रोनाल्डो जुनियर अहिले सात बर्षका भएका छन् ।

रोनाल्डो यसअघि नै फेरी पनि बाबु बन्न लागेको खबर बाहिरिएको थियो ।

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.