यस्तो माटोको थुप्रो मुनि पाइन्छ सुन, कसरी थाहा पाउने ?

सुन कहाँ पाइन्छ भन्ने तपाईं सोच्नुहुन्छ होला । सामान्यता सुन खानीहरुबाट उत्खनन गरिन्छ । महँगो भएका कारण सुन लगाउने इच्छा हुँदा हुँदै पनि लगाउन नसकेर तपाई चिन्तित हुनुहुन्छ होला । तर सुन तपाईंकै घर आगनमा पनि पनि पाइन सकिने नयाँ तथ्य सार्वजनिक भएको छ ।
वैज्ञानिकहरुका अनुसार धमिराले लगाउने माटोको ढिस्को मुनि सुन हुने सम्भावना अत्याधिक हुन्छ ।
अस्ट्रेलियाका वैज्ञानिकहरुको अनुसन्धानका अनुसार कुनै पनि क्षेत्रका सुनको खानी पत्ता लगाउनका लागि धमिराले बनाएका माटोको ढिस्को, माटोको अवस्थिति महत्वपूर्ण हुने गर्दछ ।

अस्ट्रेलियन कमनवेल्थ साइन्टिफिक एण्ड इन्ड्रस्टियल रिसर्च अर्गनाइजेशनका अनुसन्धान कर्ताका अनुसार यस्ता क्षेत्रमा सुनको तत्व रहेको पाइएको हो । ती स्थानहरुमा अर्गानिक कार्वनको मात्रा धेरै भएको स्थानमा सून पाइने भएको हो । जुन स्थानमा धेरै आद्रता हुन्छ त्यस्ता स्थानमा सुन पाइने सम्भावना बढी रहेको अनुसन्धानले देखाएको छ । त्यस्तै अहिले सुन उत्खनन भइरहेको स्थानको अझ गहिराइमा उत्खनन गर्ने हो भने अझ धेरै मात्रामा सुन पाइने अनुसन्धानले देखाएको शोधकर्ताहरुको दावी रहेको छ ।

अनुसन्धानकाा क्रममा कम्बोडियाका १ लाख १० हजार धमिराले बनाएको ढिस्कोमा नमुना संकलन गरी अनुसन्धान गर्दा सात स्थानमा सुन, तामा लगायका खानीको भण्डारण पत्ता लागेको अनुसन्धानकर्ताहरुले दावी गरेका छन् ।-Lokantar

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.