खुशिको खवर : अव ६५ वर्षमाथिका वृद्धवृद्धालाई भाडा नलाग्ने

माघ ४, खोटाङ । खोटाङको दिप्रुङ गाउँपालिकाले ६५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई निःशुल्क सडक यात्राको व्यवस्था मिलाएको छ ।

वृद्धवृद्धाको सम्मान, हौसला र सहज यात्राका लागि गाउँपालिकाले गाउँपालिकाभित्र बसोबास गरिरहेका ज्येष्ठ नागरिकलाई गाउँपालिकाभित्रकै सडक यात्राका क्रममा निःशुल्क यात्रा गर्ने व्यवस्था मिलाएको हो । दिक्तेल र दिप्रुङ गाउँपालिकाको पञ्चमी बजार सडकखण्डमा पुस ३० गतेदेखि यात्रुवाहक सवारी साधन आवतजावत गर्न थालेसँगै गाउँपालिकाभित्रका ज्येष्ठ नागरिकलाई निःशुल्क यात्राको व्यवस्था गरिएको गाउँपालिका प्रमुख भूपेन्द्र राईले बताउनुभयो ।

वृद्धवृद्धाको साथमा भएको नागरिकताको आधारमा यातायात व्यवसायीले टिकट काट्ने र सोही टिकटको आधारमा यातायात व्यवसायीलाई गाउँपालिकाले भाडा भुक्तानी गरिदिने गाउँपालिकाले जनाएको छ ।

The post खुशिको खवर : अव ६५ वर्षमाथिका वृद्धवृद्धालाई भाडा नलाग्ने appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.