सानो उमेरमा संसार जीतेका तर मृत्युसँग हारेका नेपाली कलाकर्मी

लोगगीतका चर्चित संकलक तथा पत्रकार सूर्यकुमार क्षत्रीको मृत्युले अहिले लोगगीतका पारखी शोकमा छन् । अल्पायुमै ब्रेन ट्युमरबाट पीडित बनेका क्षत्री , गएको १६ गते संसारबाट बिदा भए । डाली पलायो, सुन्तला फूल खेल्दै आयो, धानको सिरौला जस्ता गीतका संकलक, रचनाकार तथा पत्रकार क्षत्री झैँ अल्पायुमै मृत्युको शिकार बनेका सेलीब्रेटीहरु हुन्– श्रीकृष्ण श्रेष्ठ, आलोक नेम्बाङ, गायिका मंजु महतहरु । आफ्नै श्रीमती, तत्कालीन प्रेमीका स्वेता खड्कासँग खेलेको कोहीनुर नै उनी अभिनित अन्तिम चलचित्र बन्यो । म्युजिक भिडियो निर्देशनमा ख्याती कमाएका, सानो संसार जस्ता फिल्मका निर्देशन गरेका आलोकले पनि तन्नेरीमै संसार छाडे । पढ्यो पढ्यो पाठ हजुर सोह्र दुना आठ , यो गीत अझै चर्चामै छ । यसै गीतकी गायिका मंजुले भने संसार छाडिसकेकी छिन् ।

सूर्य कुमार क्षत्री
सूय कुमार क्षत्रीले एक संकलकको रुपमा परिचय बनाएका थिए । उनले दर्जनौ चर्चित लोकदोहोरी गितहरु संकलन गरेका छन् । उनले लेखेका डाली पलायो, सुन्तला फूल खेल्दै आयो, धानको सिरौला लगायतका गितहरु चर्चित छन् । त्यस्तै उनले गितसंगीतसँगै पत्रकारीतालाई पनि अघि बढाएका थिए ।
२०७१ मा ब्रेन ट्युमरको समस्या देखीए पछि सूर्यले नेपाल र भारतमा उपचार गराएका थिए । उपचारकै क्रममा उनी २०७३ बैशाख १६ गते संसारबाट बिदा भए । लामो समयदेखी उज्यालो ९० नेटवर्कमा कार्यरत क्षेत्री प्रेस युनीयनका सचिव समेत थिए । स्याङजा निवासी उनी पत्नी र एक नाबालक छोरासहित काठमाण्डौमा बस्दै आएका थिए ।

श्री कृष्ण श्रेष्ठ
बि सं २०४५ सालमा चलचित्र भूमरीबाट उनले नेपाली रजतपटमा पाईला राखेका थिए । उनी नायकको रुपमा भने ‘नाता’ फिल्मबाट अघि बढेका थिए । उनले अभिनय गरेका प्राय चलचित्र ५१ र १०० दिन मनाउन सफल छन् । आफन्त , आफ्नो मान्छे, सुख दुख,ए मेरो हजुर,हामी तिन भाई, पाहुना, कहाँ भेटीएला , कोहीनुर उनका चर्चित फिल्महरु हुन् । सिने जगतमा उनलाई मिलनसार व्यत्तीको रुपमा चिनिन्थ्यो । श्री कृष्ण श्रेष्ठको निधन २०७२ साउन २४ गते भएको थियो । ४७ बर्षको उमेरमा २०७१ असार २३ गते विवाह गरेका श्रीले एक महिनामै श्वेतालाई छाडेर गएका थिए । विवाह गरेर हनीमुनका लागी सिम्ला पुगेका श्रीलाई त्यही बिरामले च्यापेपछि मुम्बईको गंगाराम हस्पीटलमा भर्ना गरिएको थियो । उनको निधनको कारण थियो निमोनीया । सुक्खा खोकीले ग्रसीत भएका उनको फोक्सोमा पानी पनि जमेको थियो ।

मन्जु महत
लोकगायिका मन्जु महतले पनि कम उमेरमा नै संसार छाडीन् । उनी २५ बर्षकी थिईन् । दुई सन्तानकी आमा मन्जुले सडक दुर्घटनामा परेर ज्यान गुमाएकी हुन् । उनको २०७० चैत १५ गते निधन भएको थियो । गित रेकर्डीङको लागी जमलको मालश्री स्टुडियो जाँदै गर्दा काठमाण्डौको गल्कोपाखामा उनको दुर्घटना भएको थियो । उनी चढेको स्कुटरलाई दुईओटा माईक्रोले ठक्कर दिएका थिए । दुईटा माईक्रोले बिचमा च्यापेपछि उनका देब्रे खुट्टा, टाउको र छातीमा चोट लागेको थियो । दुर्घटना भएपछि उनी दुईदिन सम्म अस्पतालमा भर्ना भएकी थिईन् । स्टेज र लाईभ दोहोरीमा जमेकी मन्जुले पाँचओटा दोहारी एल्बम बजारमा ल्याएकी थिईन् । उनी गायनमा भन्दा धेरै मोडलिङमा जमेकी थिईन् । लगभग ३५ जती गितमा उनले अभिनय पनि गरेकी थिईन् । उनको सबैभन्दा चर्चित गित थियो पढ्यो पढ्यो पाठ हजुर सोह्र दुना आठ ।

आलोक नेम्वाङ
नेपाली चलचित्रमा चर्चित निर्देशक आलोक नेम्वाङले सोल्टीमोडस्थीत आफ्नै अपार्टमेन्डमा आत्महत्या गरेका थिए । २०७१ कार्तीक १९ गते अपार्टमेन्डटको तल्लो तलाको भर्याङमा झुण्डीएर उनले आत्महत्या गरेका थिए । उनी घरमा एक्लै बस्थे । उनको साथमा एक कुकुर र एक बिरालो मात्र थिए । अमेरीकामा पढेर आएपछि ईमेज च्यानलबाट काम थालेका थिए आलोकले । पहिलो पटक उनले लाखौ पटक मैले कोसीस गरे बोलको बाल गितको म्युजिक भिडीयोलाई निर्देशन गरेका थिए । यो गीतले निकै चर्चा र सफलता पाएको थियो । उनले निर्देशन गरेको अर्को चर्चित गित हो बसमा छैन मेरो मन । नेपाली म्युजिक भिडीयोको दुनीयामा आलोकको नाम भिडीयोमा रंगहरुको महत्व दिनेको रुपमा लिईन्छ । पहिलो पटक उनले नेपाली चलचित्र सानो संसार निर्देशन गरेका थिए । त्यसपछि उनले कोही मेरो चलचित्र निर्देशन गरे । यी दुवै चलचित्रले औसत व्यापार गरेपनि उनको कामको भने प्रशंसा भयो । उनको निधनभन्दा पहिले उनले अन्तीम चलचित्रको रुपमा अझै पनि निर्देशन गरेका थिए । जुन उनको निधन पछि रिलिज भएको थियो । आलोकलाई सेलिब्रेटी भित्र्याउने निर्देशकका रुपमा पनि चिनिन्छ । नेपालका स्थापित सेलिब्रेटीहरु नम्रता श्रेष्ठ , विनय श्रेष्ठ , कर्मा लगाएतलाई आलोकले नै चलचित्र सानो संसारबाट भित्र्याएका थिए । आलोकले ४१ बर्षको उमेरमा संसार छाडेका थिए ।

श्रीसा कार्की
सानै उमेरमा सफलता हात पारेकी थिईन् श्रीसाले । श्रीसा जम्मा २४ बर्षकी थिईन् जब उनले संसार छाडीन् । फिल्मी दुनीयामा उनको नाम निकै चर्चित थियो । अक्टोबर २००२ मा उनले आफ्नो नाङगो तस्वीर सार्वजनिक भएपछि आत्महत्या गरेकी थिईन् । उनले सुख दुख , बाचा बन्धन, सोल्टीनी, अंशबण्डा, आवारा लगायतका चर्चित फिल्महरुमा काम गरेकी थिईन् ।

नेहा पुन
मगर फिल्मकी अभिनेत्री हुन् नेहा पुन । उनले १९ बर्षको उमेरमा नचाहदा नचाहदै संसार छाडीन् । उनको हत्या भएको थियो । उनले मगर फिल्म गउला र युपामा अभिनय गरेकी थिईन् । उनी कामबाट फर्कदै गर्दा बलात्कारको सिकार भएकी थिईन् । प्रहरीको खोज अनुसार उनलाई शतीस खड्गीले बलात्कार पछि मारेको बताईएको थियो ।

जेसीका खड्का
नायिका जेसीका खड्काले २०७२ ,जेठ २९ गते आत्महत्या गरेकी थिईन् । आत्महत्या गर्नुभन्दा ६ बर्ष अघि उनी गायक प्रकाश ओझासँग एम एम एस काण्डमा मुछीएकी थिईन् । त्यसपछि पनि उनलाई पटक पटक अश्लील काम गरेको आरोप लाग्दै आएको थियो । नेपाली फिल्म क्षेत्रमा प्रवेश गरेपछि उनी ज्योतीबाट जेसीका बनेकी थिईन् । उनले अभिनय गरेको फिल्म जंगल लभ, चर्चामा रह्यो । मेरो माया तिमीलाई, जंगल लभ, लक्की सेवेनउनले अभिनय गरेका चलचित्रहरु हुन्

The post सानो उमेरमा संसार जीतेका तर मृत्युसँग हारेका नेपाली कलाकर्मी appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.